सर्लाहीको लालबन्दी नगरपालिका १४ मा बाटो निर्मााण,विद्युत सेवा विस्तार,सञ्चार सेवा विस्तार र नदीहरुमा पुल हरेकजसो चुनावमा मुख्य मुद्दा बन्दै आएका छन् । गणतन्त्र स्थापना पछिका सवैजसो चुनावमा सबैजसो उम्मेदवार र राजनीतिक दलले जोडतोडका साथ उठाउने यी मुद्धाहरु केवल मुद्धा मै सिमित भएका छन् ।विगतका निर्वाचनमा जस्तै अहिले पनि यिनै मुद्दालाई प्राथमिकतामा राखेर दलहरु सर्लाहीको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ का मतदाता समक्ष पुग्ने गरेका छन् । पाँच दलिय गठबन्धनका उम्मेदवारहरु र दुई दलिय उम्मेदवारहरु फेरी पनि झुटा सपना बोकेर लालबन्दी नगरपालिका १४ पुगेका स्थानियको भनाई छ ।
पाँच दलिय गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम प्रकाश चौधरी र प्रदेश सभा सदस्य पदकी उम्मेदवार निवर्तमान प्रदेश सभा सदस्य समेत रहेकी बेची लुंगेली मगर त्यसैगरी दुई दलिय गठबन्धनबाट प्रतिनिधि सभा सदस्य निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह र प्रदेशसभा सदस्य पदकी उम्मेदवार शान्ती लामा पनि फेरी यीनै झुटा सपनाको पोको बोकेर लालबन्दी नगरपालिका १४ पुगेका एक स्थानियले बताए ।
दुई दलिय गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार निवर्तमान प्रतिनिधि सभा सदस्य साह र पाँच दलिय गठबन्धको तर्फबाट प्रदेश सभा सदस्य पदकी उम्मेदवार निवर्तमान प्रदेश सभा सदस्य लुंगेली २०७४ सालमा पनि यीनै झुटा सपना बाँडेर निर्वाचित भएका थिए । भने दुई दलिय गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्य पदकी उम्मेदवार स्थानिय निकायको निर्वाचन २०७४ मा लालबन्दी नगरपालिकाकी उप प्रमुख समेत भएकी थिइन् ।
त्यसैगरी नेकपा०एमाले०ले टिकट नदिएपछि पार्टीबाट राजिनामा दिएर सर्लाही १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मान बहादुर खड्का २०७४ सालको स्थानिय निकायको निर्वाचनमा लालबन्दी नगरपालिकाको नगर प्रमुख निर्वाचित भएका थिए । भने नेकपा९माओवादी केन्द्र०ले टिक नदिएपछि पार्टीबाट राजिनामा दिएर प्रदेश सभामा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका राजन कुमार श्रेष्ठ पनि २०७४ सालको स्थानिय निकायको निर्वाचनमा लालबन्दी नगरपालिका ८ को वडा अध्यक्ष निर्वाचित भएका थिए । उनिहरुले जनप्रतिनिधि भएको पाँच वर्ष सम्म पनि लालबन्दी नगरपालिका १४ को समस्या देखेका थिएनन् । अहिले फेरी त्यही मुद्धा लिएर आएका भन्दै स्थानियले गुनासो गरे ।
लालबन्दी नगरपालिका १४ का “यी विकास योजनाहरु दशकौंदेखि चुनावी मुद्धा बन्ने गरेका भएपनि चुनाव पटक पटक आयो, नेता पटक पटक आए तर विकास आएन”एक स्थानियले नाम नबताउने सर्तमा कमलामाई मिडिया प्रा।लिलाई गुनासो पोखे ।
यस पटकको निर्वाचनमा भोट कसलाई हाल्नु हुन्छ ? भन्ने कमलामाई मिडिया प्रा।लिको अनौपचारीक प्रश्नमा “चुनाव पटक पटक आयो, नेता पटक पटक आए तर विकास आएन अब कसलाई भोट हाल्नु खै ।”भने । उनले थपे“नेताहरुले यस क्षेत्रको विकास योजनालाई चुनाव जित्ने अस्त्र मात्रै बनाए,हाम्रो गाउँघरमा विकास भएन,हाम्रो गाउँ लालबन्दी नगरपालिका १४ सर्लाही क्षेत्र नम्बर १ को लागि चुनाव जित्ने क्षेत्रको रुपमा मात्रै नेताहरुले बुझे । ”चुनावको समयमा सर्लाहीको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ लाई अब विकासको फड्को मार्नु पर्छ भन्छन् । विकास गर्ने र हाम्रा एजेन्डाहरुमा नेताहरुको चासो खासै देखिन्न’ उनी भन्छन,’उनले नेताको कुरामा विश्वास गरेर बस्दा विश्वास घात भयो ।