सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा जडान गरिएका सौर्य बत्ती सम्बन्धी भ्रष्टाचार (गैरकानुनी लाभ) मुद्दामा विशेष अदालतले निवर्तमान गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १३ जना प्रतिवादीलाई सफाइ दिएको छ ।
विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८१–सिआर–०१२३ मा नेपाल सरकार वादी र यादव समेत प्रतिवादी रहेका थिए।अदालतको इजलास नं. २ का सदस्य न्यायाधीश नारायण प्रसाद पौडेल र सदस्य न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै प्रतिवादीहरूलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान कार्यमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरेको थियो।अदालतको पछिल्लो फैसलासँगै उक्त मुद्दामा प्रतिवादीहरूलाई राहत पुगेको छ।फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अदालतले सफाइ दिनुको आधार र कानुनी व्याख्या थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय स्थानिय तहहरुका साथै धेरै कार्यालयहरु र त्यहाँका काम कार्बाहीहरुका विरुद्ध राजनीतिक प्रतिसोध साँध्न अख्तियार लगायतका निकायमा उजुरी बाजुर गर्ने र काम गर्न अवरोध गर्ने प्रचलन बढ्दै गएको पाइएको छ ।