विशेष परिस्थितिमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीमा करिब ६२ प्रतिशत मतदान भएको छ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तहलाई चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभाजन गरिएको सर्लाहीमा पाँच लाख ११ हजार छ सय छ मतदाता रहेकामा तीन लाख १७ हजार आठ सय ११ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सर्लाही क्षेत्र नम्बर १ मा ४० हजार पाँच सय ५४ महिला र ३८ हजार आठ सय ५२ पुरुष गरी ७९ हजार चार सय छ जनाले मतदान गरेका छन्।४९ वडाका ७८ मतदानस्थल र एक सय ५७ मतदान केन्द्रबाट एक लाख ३० हजार आठ सय ७१ जना मतदाता मध्ये ६९ हजार चार सय छ जना अर्थात ६० दशमलव ६८ प्रतिशत मतदान भएको छ।सर्लाही १ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २८ जना उम्मेदवार रहेका छन् ।
सर्लाही क्षेत्र नम्बर २ मा ३८ हजार आठ सय २१ महिला र ३९ हजार तीन सय ८१ जना पुरुष गरी ७८ हजार दुई सय दुई जनाले मतदान गरेका छन्।४९ वडाका ७७ मतदानस्थल र एक सय ५८ मतदान केन्द्रबाट एक लाख २५ हजार तीन सय ११ जना मतदाता मध्ये ७८ हजार दुई सय दुई जना अर्थात ६२ दशमलव ४० प्रतिशत मतदान भएको छ।सर्लाही २ मा विभिन्न पार्टी र स्वतन्त्र गरी ३१ जना उम्मेदवार रहेका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ मा ४१ हजार छ सय ९० महिला र ४० हजार पाँच सय ८२ जना पुरुष गरी ८२ हजार दुई सय ७२ जनाले मतदान गरेका छन्।५१ वडाका ७६ मतदानस्थल र एक सय ५९ मतदान केन्द्रबाट एक लाख ३४ हजार चार सय १२ जना मतदाता मध्ये ८२ हजार दुई सय ७२ जना अर्थात ६१ दशमलव २१ प्रतिशत मतदान भएको छ।सर्लाही ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी ३४ जना उम्मेदवार रहेका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ मा ३६ हजार आठ सय ५३ महिला र ४१ हजार ७७ जना पुरुष गरी ७७ हजार नौ सय ३१ जनाले मतदान गरेका छन्।५१ वडाका ८१ मतदानस्थल र एक सय ५५ मतदान केन्द्रबाट एक लाख २१ हजार १२ जना मतदाता मध्ये ७७ हजार नौ सय ३१ जना अर्थात ६५ दशमलव ४० प्रतिशत मतदान भएको छ।सर्लाही ४ मा विभिन्न पार्टी र स्वतन्त्र गरी ३८ जना उम्मेदवार रहेका छन् ।
जिल्लाका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रका तीन सय १२ मतदानस्थल र छ सय २८ मतदान केन्द्रहरुमा तीन लाख १७ हजार आठ सय ११ जना मततादाले विभिन्न २६ वटा पार्टी र स्वतन्त्र गरी एक सय ३१ जना उम्मेदवारलाई शान्तीपूर्ण तरिकाले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार सर्लाही क्षेत्र नम्बर ४ मा यस अघिको निर्वाचनहरुमा झै झगडा हुने गरेको भएपनि यस पटक शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको हो ।