यौन दुव्र्यवहारको जाहेरी ईप्रका लालबन्दीले दर्ता गरेन ।

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१० गते   ३२४१ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको ईलाका प्रहरी कायार्यलय लालबन्दीले यौन दुव्र्यवहारको जाहेरी दर्ता गर्न आनकानी गरेको छ । लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योति आधारभूत विद्यालयका एक शिक्षकलेआफुहरुमाथी पटक पटक यौन दुव्र्यवहार गरेको उजुरी लिएर ईलाका प्रहरी कार्यालय लालबन्दीमाा जाँदा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जाहेरी दर्ता गर्न नमानेका पीडित पक्षको आरोप छ ।
लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेमज् ज्याती आधारभुत विद्यालयका एक शिक्षकले आफुहरुलाई पटक पटक यौन दुव्र्यवहार गरेका भन्दै सोही विद्यालया अध्यायनरत छात्राहरुले बिहीबार आफ्ना अभिावकहरुसंग ईलाका प्रहरी कायार्यलय लालबन्दी गएर यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी भएका भएपनि प्रहरी निरिक्षक कार्कीले जाहेरी दर्ता गर्न नमानेका पीडित पक्षको आरोप छ ।  
 लालबन्दी नगरपालिका ६ स्थित रहेको  विद्यालयमा अध्यायनरत छात्राहरुले प्रहरी समक्ष गुनासो गरेपछि प्रहरीले ती एक शिक्षकलाई  नियन्त्रणमा लिएको भएपनि छलफल गरी मिलाउने काम गर्न थालेको पाइएको छ ।
 लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योति आधारभूत विद्यालयमा कक्षा ६  लगायत अन्य कक्षामा अध्यायनरत छात्राहरुले विद्यालयका एक शिक्षकले आफुहरुलाई दुव्र्यवहार गरेको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएका भएपनि जाहेरी दर्ता नभएको बताएका छन् ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधब प्रसाद बुढाथोकीले जाहेरी प्रहरी समक्ष आएको भए कुनै पनि हालतमा दर्ता हुने र कानुन अनुसार पीडिकलाई कार्बाही हुने कमलामाई खबरलाई बताउनु भयो ।  सोही विषयमा तपाईले यौन दूव्र्यवहारको जाहेरी लिएर आउँदा दर्ता नगर्नु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रहरी निरिक्षक कार्कीले ईलाका प्रहरी कायार्यलय लालबन्दीमा आउन र बसेर छलफल गर्न भनेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech