विवाहको उमेर नघटाउन सर्लाहीका मानव अधिकारकर्मी हरुले माग गरेका छन्।विवाहको उमेर २० वर्ष पुगेको हुनुपर्ने कानूनी व्यवस्था कार्यान्वयनमा समस्या भएको भन्दै सो उमेरलाई घटाएर १८ वर्ष बनाउन लागिएको भन्ने चर्चा सुरु भएपछि जिल्लाका मानव अधिकारकर्मीहरु पहिले कै व्यवस्था उपयुक्त हुने भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका बालबालिको क्षेत्रमा काम गरी रहेकी सृजना बस्नेतले जानकारी दिईन्।
उनका अनुसार विवाहको उमेर घटाउन चालिएको कदमको विरोधमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।मुलुकी देवानी संहिता २०७४ ले हाल महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको र तोकिएको उमेर नपुगी बाल विवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाको सजाय हुने व्यवास्था भए अनुसार सोही व्यवस्था कायम राख्न माग गर्दै सरकारको ध्यानाकर्षण गराईएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए ।उनका अनुसार मानव अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई जिल्लाका स्थानीयले लामो समयदेखि भोग्दै आएको विभिन्न समस्याबारे समेत ध्यानाकर्षण गराएका छन्।हुलाकी राजमार्गको मलंगवा खण्डको पूर्णता,मलंगवा नगरपालिका २ मा निर्माण भई वेवारिसे रहेको बसपार्क सञ्चालन,सडक अतिक्रमण,नाला निर्माण र सरसफाईलगायतको विषयमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई ध्यानाकर्षण गराइएको गैर सहकारी महासंघकी केन्द्रीय सदस्य लक्ष्मी सिंह दनुवारले बताईन् ।
बालविवाहले बालबालिका र किशोर९किशोरीको शारीरिक,मानसिक र सामाजिक जीवनमा पर्ने नकारात्मक प्रभाव पर्ने भएकाले बालविवाह रोक्नै पर्ने अधिकारकर्मीहरुलेमाग गरेका छन्।वैज्ञानिक अनुसन्धान र कानुनी आधारमा विवाहयोग्य उमेर २० वर्षभन्दा तल नझार्न र बाल बालिकाको स्वास्थ्य,शिक्षा,पोषण र जीवनस्तरमा दीर्घकालीन नकारात्मक असर पर्ने भन्दै अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको छ ।गैर सहकारी संस्था महासंघ सर्लाही, ग्रामिण नारी उत्थान संघ हरिपुर, अनौपचारिक शिक्षा केन्द्र९इन्सेक०, ग्रामिण सामुदायिक विकास केन्द्र हरिपुर, महिला मानव अधिकार रक्षक संजाल सर्लाही,अन्तर पार्टी महिला संजाल सर्लाही,मानव अधिकार रक्षक संजाल सर्लाही,आशिष सामाजिक सेवा केन्द्र नेपाल,महिला शान्ति सेवा केन्द्र, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,नागरिक समाज सर्लाही र बालकल्याण समाज सर्लाही लगयातले संयुत्त हस्ताक्षर गरी विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।