एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकको रिहाइको माग गर्दै सर्लाहीमा एमालेको विरोध प्रदर्शन

270 Shares

नेकपा(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवम नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीका विरुद्ध देशका विभिन्न स्थानमा विरोधका कार्यक्रम भइरहेका बेला सर्लाहीको हरिवन पनि एमाले सम्बद्ध जनवर्गीय संगठनहरूले विरोध प्रदर्शन गरेका छन् ।
नवगठित सरकारले गरेको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै पुर्व पश्चीम राजमार्ग स्थित हरिवन नगरपालिका ११ मा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन,अखिल नेपाल महिला संघ,अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेका एमाले सर्लाहीका उपाअध्यक्ष विदुर कुमार प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार एमालेका विभिन्न जनवर्गीय संगठनहरूको आयोजनामा भएको विरोध कार्यक्रम देशैभरी सुरु भएको थियो।प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै एमाले अध्यक्ष ओली र कांग्रेसका नेता लेखकको तत्काल रिहाइको माग गरेका थिए।“राजनीतिक प्रतिशोध बन्द गर”“गिरफ्तार गरिएका नेताहरूलाई तुरुन्त रिहा गर”जस्ता नारा लगाएका थिए ।वर्तमान सरकारको कदमलाई “अलोकतान्त्रिक” र “राजनीतिक पूर्वाग्रहबाट प्रेरित”भएको प्रदर्शनकारीहरुले आरोप लगाएका छन्।उनीहरूले राज्यसत्ताको दुरुपयोग गरी विपक्षी नेतामाथि दमन गरिएको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

657487463_1877640246324012_6837411130569255852_n.jpg
कार्यक्रममा बोल्दै राष्ट्रिय यूवा संघ नेपाल सर्लाहीका अध्यक्ष विशाल साहशंकर,अनेम संघ सर्लाहीकी अध्यक्ष संगीता घिमिरे,अनेरास्ववियु सर्लाहीका अध्यक्ष मोहितराज खड्का र अखिल नेपाल किसान महासंघ सर्लाहीका अध्यक्ष रवि कडरियाका साथै पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको एमाले सर्लाहीले जनाएको छ ।
“यो गिरफ्तारी केवल कानुनी प्रक्रिया नभई स्पष्ट रूपमा राजनीतिक प्रतिशोध हो। लोकतन्त्रमा फरक मत राख्नेलाई दमन गर्ने प्रवृत्ति स्वीकार्य हुँदैन ।”एमाले सर्लाहीका उपाअध्यक्ष प्याकुरेलले बताए ।उनले सरकारलाई चेतावनी दिँदै यदि यस्ता कदम तत्काल सच्याइएन भने आन्दोलन अझ सशक्त बनाइने बताए ।
देशको राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि भइरहेको आरोप लगाउँदै उनले “देश आर्थिक संकट र विभिन्न चुनौतीसँग जुधिरहेको बेला सरकारको ध्यान जनताको समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा उल्टै विपक्षी नेतामाथि कारबाहीमा केन्द्रित भएको देखिन्छ,जुन दुर्भाग्यपूर्ण हो।”उपाअध्यक्ष प्याकुरेलले बताए ।आफुहरुले शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन गरेको आयोजकहरूले बताएको छ ।तथापि, सुरक्षा निकायले सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै हरिवन बजारमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। 
स्थानीयवासीहरूले भने राजनीतिक दलहरूबीचको द्वन्द्वले जनजीवनमा असर नपारोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।एक स्थानीय व्यवसायीले भने,“राजनीतिक गतिविधि हुनु स्वाभाविक हो,तर यसले आम नागरिकको दैनिकी प्रभावित हुनु हुँदैन।सबै पक्षले संयमता अपनाउनु जरुरी छ।”
यसैबीच, एमालेले देशभर नै चरणबद्ध रूपमा विरोध कार्यक्रमलाई तीव्र बनाउने संकेत गरेको छ।उपाअध्यक्ष प्याकुरेलका अनुसार आईतबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउने र सर्लाही सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।राजनीतिक वृत्तमा भने यस घटनाले थप ध्रुवीकरण बढाउने संकेत देखिएको छ।सत्तापक्ष र प्रतिपक्ष बीचको दूरी झन् बढ्दै गएको विश्लेषकहरू बताउँछन्।उनीहरूका अनुसार,यस्ता घटनाले राजनीतिक सहकार्यको वातावरण कमजोर पार्न सक्छ ।

सम्बन्धित समाचार