Close This

सर्लाहीका २ सय जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१५ गते   ३४०१ पटक हेरिएको

सर्लाहीका दुई सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीले सोमबार काठमाण्डौँमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सर्लाहीका २ सय भन्दा धेरै नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका नेकपा(माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो ।
सर्लाही घरभई काठमाण्डौँमा विभिन्न पेशा,व्यवसाय गरेर बसि रहेका  २ सय जना भन्दा धेरै नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीमा स्वागत गर्नु भएको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा लालबन्दी, चक्रघट्टा,रामनगर, बागमती, बलरा,कौडेना, मलंगवा लगायतका स्थानमा घर भई विभिन्न पेशा तथा व्यावसाय गरी काठमाण्डौँमा बसोबास गरी रहेका करिब २ सय जना नेता कार्यकर्ताहरु आफने पार्टीमा प्रवेश गरेका जिल्ला सचिव बुढाथोकीले बताउनु भयो ।
नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री (प्रचण्ड)को प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा सर्लाही जिल्ला सचिव बुढाथोकीको अध्यक्षता रहेको थियो । सर्लाही–काठमाण्डौँ सम्पर्क मन्चको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री एवम पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय यादवको विशिष्ठ आतिथ्यता रहेको सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहालले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech