बयलवास घटनाका पीडितलाई रु १० लाख दिने सहमती,पीडित शव बुझ्न तयार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१४ गते   ५० पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ७ मा भएको दुर्घटनाको विषयमा उत्पन्न विवाद समाधन भएको छ । आईतबार राती करिब ९ बजे गस्तीमा रहेको प्रहरीको भेनसंग मोटरसाईकल ठोकिदा भएको दुर्घटनामा इश्वरपुर नगरपाकिला ५ का राम कुमार महतोको ज्यान गएको थियो ।
त्यस पश्चात आक्रोसित स्थानियले प्रहरीको भेन तथा इलाका प्रहरी  कार्यालय केशरगन्ज,बयलवासमा तोडफोड गरेका थिए । भने स्थानिय र प्रहरी वीचको झडपमा करिब २ सय ५० जना सुरक्षाकर्मीहरु र स्थानिय आन्दोलनकारीका साथै इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटा घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आईतबारको घटनालाई लिएर आक्रोसित स्थानियले आन्दोलन गरेपछि मंगलबार दिउँसो ३ बजे देखि सो क्षेत्रमा निषेधाज्ञा समेत जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार निषेधाज्ञा भोली(बिहीबार) साँझ ७ बजे सम्म जारी रहने भएको छ । 
बुधबार(आज) ईलाका प्रहरी कार्यालय लालबन्दीमा भएको वार्ताले पीडितका परिवारलाई रु १० लाख क्षेती पुर्ति उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने, घटनाका सम्बन्धमा निष्पक्ष छानविन,पीडितका आश्रीत परिवारलाई रोजगारी र शिक्षादिक्षाका लागि स्थानिय तह,उद्योग बाणिज्य संघ र चेम्बर अफ कर्मससंग अनुरोध गर्ने,प्रहरी र प्रदर्शनकारीहरु वीच भएको झडपबाट पुगेको क्षेतीकोविवरण संकलन गर्ने,झडपबाट भएका घाइतेहरुको उपचार र क्षेतीपुर्तिको लागि कानुन अनुसार केन्द्रमा सिफारिस गर्ने,मृतकको शव बुझि परम्परा अनुसार दाहसंस्कार गर्ने र घटनासंग सम्बन्धीत सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्ने सहित ६ बुँदे सहमती भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनु भयो ।

बुधबार(आज) दिनभरको ईलाका प्रहरी कार्यालय लालबन्दीमा भएको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिनु भयो ।  निषेधाज्ञा जारी गरिएपछि सोक्षेत्र बुधबार दिनभर शान्त रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech