सर्लाही अदालतमा लेनदेनका मुद्धा सबै भन्दा धेरै

495 Shares

सर्लाही जिल्ला अदालतमा आर्थिक वर्ष २०८०/०८१ मा  तीन हजार भन्दा बढी मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट दायित्व सरेर आएका दुई हजार दुई सय ४५ का साथै आर्थिक वर्ष २०८०÷०८१ मा  तीन हजार एक सय ८५ वटा नयाँ मुद्धा दर्ता गरी कुल सो आर्थिक वर्षमा पाँच हजार चार सय २९ मुद्धामा अनुसन्धान एवम बहस हुँदा तीन हजार ८५ वटा मुद्धा फछ्रर्याैट भएका र दुई हजार तीन सय ४४ वटा मुद्धा चालु आर्थिक वर्षका लागि दायित्व सरेका सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्द्र कापरले जानकारी दिए ।उनका अनुसार सो आर्थिक वर्षमा दुनियाँवादी देवानी र सरकारवादी देवानीका गरी विभिन्न शिर्षकमा तीन हजार एक सय ८५ वटा नयाँ मुद्धा दर्ता भएका हुन ।
अदालतमा सबै भन्दा धेरै लेनदेनका मुद्धा एक हजार एक सय १० वटा,अंशवण्डका मुद्धा सात सय ७५ वटा,जग्गा सम्बन्धी पाँच सय २९ वटा,सम्बन्ध विच्छेद सम्बन्धी  तीन सय ५७ वटा,लिखत सम्बन्धी तीन सय ५४ वटा,जालसाजी सम्बन्धी तीन सय ११ वटा र करकाप सम्बन्धी दुई सय ९० वटा मुद्धा दर्ता भएका सर्लाही जिल्ला अदालतका सूचना अधिकारी कापरले जानकारी दिए ।
सार्वजनिक शान्ति विरुद्ध,सार्वजनिक हित,स्वास्थ्य,सूरक्षा,सुविधा र नैतिकता विरुद्ध,हात हतियार तथा खरखजाना,विष्फोटक पदार्थ,छुवाछुत तथा भेदभाव,बहु बिवाह,बाल बिवाह,कर्तव्य ज्यान,गर्भपत्तन,ज्यान मार्ने उद्योग,आत्महत्या दुरुत्साहन,गर्भ संरक्षण विरुद्ध,कुटपिट तथा गरी अंगभंग,व्यक्ति वेपत्ता पार्ने,अपहरण,जवरजस्ति करणी,हाडनाता करणी,जवरजस्ती करणी उद्योग,बाल यौन दुरुपयोग,अप्राकृतिक मैथुन,साधारण चोरी,नकवजनी चोरी,डाँका चोरी,ठगी,अपराधिक विश्वासघात तथा अपराधिक लाभ,खोटा मुद्रा,लिखत,अपराधिक प्रवेश र अपराधिक उपद्रव,मानव बेचबिखन,नागरिकता सम्बन्धी कसूर,लागुऔषध,सवारी ज्यान वा अंगभंग वा घाईते,विविध कसूर,सार्वजनिक बाटो,नदी वा स्थलमा खतरा वा बाधा पुर्याइएको, अदालतको अपहेलना, किर्ते, जालसाजी, लुटपिट,गाली बेइज्जती,पशु करणी,करकाप,चेक अनादर र अन्य प्रकारका मुद्धाहरु अदालतमा दर्ता भएका सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले बताए ।
आर्थिक वर्ष २०७८/०७९मा जम्मा दुई हजार चार सय ५३ वटा मुद्धा जिम्मेवारी सरेकोमा तीन हजार एक सय १८ वटा मुद्दा नयाँ दर्ता भई कूल पाँच हजार पाँच सय ७१ वटा मुद्धा कायम भएको थियो।सो आर्थिक वर्षमा तीन हजार दुई सय ११ वटा मुद्धा फछ्र्यौट भइ दुइृ हजार तीन सय ६० वटा मुद्धा बाँकी रहेका थिए।दुई हजार छ सय ४८ वटा नयाँ मुद्धा दर्ता भएकाले राखिएको वार्षिक लक्ष्य पुरा गर्न समस्या देखिएको भएपनि तुलनात्मक हिसाबले मुद्धा फछ्र्याैटको स्थित राम्रो रहेको अदालत स्रोतले जनाएको छ ।
जिम्मेवारी सरेका र नयाँ गरी कुल मुद्धा पाँच हजार एक सय एक हुने लक्ष्य राखिएकोमा नयाँ रदायित्व सरेका गरी पाँच हजार पाँच सय ७१ वटा मुद्धा सो आर्थिक वर्षमा कायम भएको थियो ।आर्थिक वर्ष २०७९/०८० मा दुई हजार तीन सय ६० वटा मुद्धा जिम्मेवारी सरेकोमा तीन हजार एक सय ७१ वटा नयाँ मुद्धा दर्ता भई कूल लगत पाँच हजार पाँच सय ३१ कायम भएको थियो । उक्त आर्थिक वर्षमा तीन हजार दुई सय ८६ वटा मुद्धा फछर्यौट भएको र दुई हजार दुई सय ४५ वटा मुद्धा दायित्व सरेका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा तीन हजार एक सय ८४ वटा नयाँ र दुई हजार दुई सय ४५ वटा मुद्धा दायित्व सरेका गरी कुल पाँच हजार चार सय २९ वटा मुद्धा कायम भएका अदालत स्रोतले जनाएको छ ।सो आर्थिक वर्षमा तीन हजार ८४ वटा मुद्धा फछर्यौट भएका थिए ।आर्थिक वर्ष २०८०/०८१ मा नौ सय ६८ वर्ष तीन महिना २८ दिन कैद असुली र जरिवाना दुई करोड ६४ लाख ७१ हजार सात सय ८५ रुपैँया नौ पैसा असुली भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार अधिकारीले बताए ।आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ५८ हजार छ सय ८५ वटा मुद्धा अभिलेखमा रहेका अदालत स्रोतले जनाएको छ ।अदालतले २०८०/०८१ मा पाँच सय ४७ वटा मुद्धा मेलमिलापका लागि पठाएकोमा ९९ वटा मुद्धा मात्रै मेलमिलाप मार्फत समाधान भएका र बाँकी रहेका चार सय २८ वटा मुद्धा हाल मिलापत्र हुननसकि अदालतमा नै फिर्ता आएको पाइएको छ ।
 त्यसैगरी अदालतले छुट्टै अभियान फाँट बनाएर पुराना मुद्धाहरुलाई अंग पुर्याउने तथा पेशी चढाउने र विशेष निगरानीमा राखी पुराना मुद्धा फर्छयौट गरिएको,छिटो छरितो म्याद तामेली हुने वातावरण मिलाईएको र पेशीस्थगतलाई निरुत्साहित गर्ने काम गरिएको अदालत स्रोतले जनाएको छ ।
मुद्धाको चाप अत्यधिक हुनु दरबन्दी अनुसार कर्मचारी नहुनु,जिर्ण भौतिक संरचना,विद्युतीय तथा स्यानिटेशनका संरचनाहरु टुटफुट भएका र भवनमा फर्निसिङको व्यवस्था हुन नसेको हुँदा सहज रुपमा कार्य सञ्चालनमा समस्या भएको,जग्गा सम्बन्धी मुद्धामा सर्वेक्षकको कमिका कारण  समयमा नक्सा पास नहुनु,द्धन्द्धकालमा मालपोत कार्यालयहरुमा आगजनी भएका कारण श्रेष्ता एवम निर्णयहरु प्राप्त नभएकाले समयमै मुद्धा न्याय निरुपण हुन नसकेको,विद्युत आपुर्ति अनियमितत हुनु र अदालत परिसरमा सेवाग्राहीहरुका लागि प्रतिक्षालयको व्यवस्थापन नहुँदा समस्या भएको अदालत स्रोतले जनाएको छ ।अदालतका कर्मचारीहरु समुहमा काम गर्ने,आर्थिक दायित्व अर्काे आर्थिक वर्षका लागि नसारिएको साथै कर्मचारीहरु कामप्रति सजग र उत्प्रेरित रहेकाले काम गर्न सहज भएको अदालतले जनाएको छ ।अदालतले पुराना मुद्धालाई प्राथमिकताका साथ फछुर्र्याैटको काम गरेका कारण आगामि आर्थिक वर्षका लागि दायित्व सर्ने सम्भावनहरु कम हरेका छन् ।

सम्बन्धित समाचार