तीनदिन देखिको वर्षाले सर्लाहीबासीलाई राहत,पसाउन लागेको धानलाई अमृत

315 Shares

सर्लाहीमा विगत तीनदिन देखि लगातार वर्षा भइरहेको छ।जिल्लाभर नै विगत करिब तीन दिनदेखि  सिमसिमे वर्षा भइरहेको हो।वर्षा भएपछि गर्मीले अस्तव्यस्त बनेको सर्लाहीको जनजीवन सामान्य बन्दै गएको छ।असोज ५,६ र ७ गते यो वर्षकै सबैभन्दा धेरै गर्मी खेपेका सर्लाहीवासीले लगातार तीनदिन देखि पानी परेपछि शित्तल महसुस गर्न थालेका छन् ।
जिल्लाभर असोज ८ गते पनि ठूूलो पानी परेको थियो।त्यसपछि घाम चर्किएको छैन्।चार दिनअघि खप्नै गाह्रो पर्ने गर्मी खेपेका जिल्लावासी अहिले भने मौसममा आएको बदलीपछि शित्तल हुँदा खुसी देखिएका छन्।पानी परेपछि पसाउन थालेको धानलाई समेत ठूलो राहत पुगेको भन्दै जिल्लाका किसानहरु खुसी भएछन् ।
सर्लाहीमा अहिले एकादुई ठाउँमा मात्रै धान पाकेको छ।पाकिसकेको धान पनि तत्काल नभित्र्याउन जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ।उसका अनुसार आगामी आइतवारसम्म नै भारी वर्षा हुने छ।अहिले परेको पानीले गर्मी घटाए पनि भर्खरै सारिएको गोलभँेडा र कोभीलगायत अन्य तरकारी बालीको बेर्ना नष्ट गरेको किसानहरुले बताएका छन् । अझै केही दिन यस्तै मौसम रहीरहे जिल्लाको चुरेभेगका लालबन्दी नगरपालिका १४ स्थित नारायणखोला,इश्वरपुर नगरपालिका १२ स्थित भित्रीखोला, पिपलदमार, शिर कालिन्जोरलगायतका क्षेत्रमा दशैँअघि खोलाबाट बस चल्ने सम्भावना कम देखिएको यातायात व्यावसायीहरुले बताएका छन् ।
त्यस्तै,बिहीबार रातिदेखिको पानीले बाँके,कालिन्जोर,फूूलजोर, लखन्देही,बागमतीलगायतका खोलामा बाढी आएको छ।कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेका र भित्री कच्ची सडक पानी जमेर जलमग्न बनेका छन् भने तीनै खाल्डाका कारण दुर्घटनाको जोखिम समेत रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार