सर्लाहीको बागमती नगरपालिकाको विकास निर्माण र बागमती नगरपालिकाका नगर प्रमुखको केही जीवनी समेटिएर निर्माण हुँदै गरेको चलचित्र“मेयर”को करिब ६० प्रतिशत डविङको काम सकिएको निर्देशकले जानकारी दिएका छन् ।देश संघीय संरचनामा गएपछि बनेको “गाउँगाउँको सिंहदरबार”स्थानीय तह बागमती नगरपालिकाले गरेको विकास निर्माणका कामहरुका साथै बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको केही जविनी समेटिएर तयार हुँदै गरेको चलचित्र“मेयर”को करिब ६० प्रतिशत डविङको काम सकिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।
उनका अनुसार ११ हजारको क्राउडमा खिचिएको चलचित्र“मेयर”को करिब ६० प्रतिशत डविङको काम सकिएको छ।“करिब तीन हप्तादेखि डविङ भइरहेको र अबको केही दिनमा चलचित्र“मेयर”को डविङको काम पुर्णरुपमा सकिने छ।”निर्देशक खनालले बताए ।चलचित्र“मेयर”रिच प्रोडक्सन डिजाइन भएको चलचित्र हो।राजनीतिक आधारमा बनेको चलचित्र“मेयर”मा ऐतिहासिक क्राउड रहेको निर्माण पक्षले जनाएको छ।अनपेक्षित क्राउडका कारण चलचित्र छायांकनदेखि नै चर्चामा रहेको छ ।
“नेपाली सिनेमाले अक्सर मार खाने प्रोडक्सन डिजाइनमा हो।हाम्रा अधिकांश चलचित्रको कमजोर प्रोडक्सन डिजाइन हुन्छ।कमजोर प्रोडकक्सनका कारण नेपाली सिनेमा सिनेक्याटिक फिल नै दिन सक्दैनन्।जसका कारण नेपाली सिनेमा तुलनात्मक रूपमा कमजोर हुन्छन्।त्यसैले विषय बलियो हुँदाहुँदै नेपाली सिनेमा कमजोर हुन्छन्,”निर्देशक खनालले भने,“तर मेयरलाई म अपबाद नै मान्छु।अहिलेसम्म नेपाली चलचित्रमा नदेखिएको क्राउड यो सिनेममा देखिनेछ।हामीले नै अपेक्षा गरे भन्दा सयौं गुणा ठूलो क्राउडमा यो चलचित्र खिच्न पायौँ।”उनले बताए ।
राजनीतिक सिनेमाका लागि ठूलो क्राउड चाहिने र नेपालमा त्यस्तो क्राउड जुटाउन कठिन हुने गरेको स्मरण गर्दै निर्देशक खनालले“न्यून बजेट, डेडिकेसनको अभाव,गाउँमा जनसंख्याको कमी लगायतले क्राउड जम्मा गर्न सहज छैन,तर मेयरमा हामीले राजनीतिक व्यक्तिबाट नै साथ पाएकाले पनि होला।पूरै क्राउडमा काम गर्न पायौं।यो हाम्रा लागि ठूलो अवसर हो ।”उनले बताए ।चलचित्र“मेयर”को एउटै सिनका लागि ११ हजारभन्दा धेरै स्थानीयको भीड जम्मा भएको निर्देशक खनालले बताए।कुनै पनि ठूला राजनीतिक दलका आमसभा भन्दा ठूलो क्राउडमा सिनेमा खिचिएकाले यो विशेष र भब्य हुने उनको भनाइ छ ।
यो क्राउडले चलचित्र“मेयर”लाई विशेष मात्रै नबनाएर नेपाली सिनेमालाई नै उचाइ दिने उनको विश्वास छ।उनले सर्लाहीको बागमती नगरपालिकामा सिनेमाको छायांकन गरेका हुन् ।चलचित्र“मेयर”को मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन्।लामिछानेसँगै वर्षा राउत,अर्पण थापा,अनुप बराल,दिव्य देव,प्रकाश घिमिरे,हरिहर शर्मा,ऋचा शर्मा, रवीन्द्र झा,रमेश बुढाथोकी,अर्विशा थापा,सञ्जोग रसाइली,आशान्त शर्मा,प्रभाकर न्यौपाने र झकेन बिसी लगायतको अभिनय रहेको छ ।यो सिनेमाबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन्।चलचित्र“मेयर”को पटकथा महेश दवाडीले लेखेका छन् ।
दक्षिण यसिया कै सबै भन्दा ठूलो मानवनिर्मिता ताल बनाउर चर्चामा आएका बागमती नगरपालिकाका नगर प्रमुख थापा संघीयता पछिको स्थानीय तहको दोस्रो कार्याकालका लागि बागमती नगरपालिकाका नगर प्रमुदमा निर्वाचित भएका हुन।“गाउँगाउँको सिंहदरबार”स्थानीय तह बागमती नगरपालिकाले गरेको विकास निर्माणको कामले देशभरका सात सय ५३ वटा स्थानीय तहहरुका नगर प्रमुख र गाउँपालिका अध्यक्षहरु मध्य उत्कृष्ट पाँचमा पर्न सफल बागमती नगरपालिकाका नगर प्रमुख थापा हाल भ्रष्टाचार सम्बन्धी मुद्धा विशेष अदालतमा परेपछि छानविनका लागि निलम्वनमा परेका छन् ।