लालबन्दी ११ का एक बालकमा कालाजार देखिएपछि वडाभर विषादी छिट्न सुरु

362 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ११ का एक बालकमा कालाजार देखा परेपछि वडाभर विषादी छिट्न सुरु गरिएको छ।लालबन्दी नगरपालिका ११ मा स्वास्थ्य कार्यालय सर्लाहीसँग समन्वय गरी कालाजार फैलाउने“स्याण्डफ्लाई”नामक भुसुना मार्न विषादी छिट्न सुरु गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका ११ सेतीभीरका तीन वर्षीय बालकमा कालाजार पुुष्टी भएको छ ।ती बालिकलाई परिवारले उपचारका लागि दुुई महिनाअघि पाटन अस्पताल लैजाँदा कालाजार पुुष्टी भएको हो ।
बालकका छरछिमेक तथा वडाभित्र अन्य व्यक्तिमा कालाजार फैलन नदिन भुुसुना मार्नका लागि विषादी छिट्न सुरु गरिएको लालबन्दी नगरपालिका ११ स्थित रहेको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख राजकुमार सिंहले जानकारी दिए।उनका अनुसार वडाभरका सबै घरमा विषादी छिट्न करिव एक हप्ता लाग्ने छ ।कालाजार फैलाउने भुसुना मार्न प्रयोग हुने “अल्फा साइपरमेथ्रिन”नामक कीटनाशक विषादी, आवश्यक सामाग्री र औषधी छिट्न खटिने मानिस स्वास्थ्य कार्यालयले नै उपलब्ध गराएको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार सर्लाहीको पर्सा गाउँपालिका २, संग्रामपुरमा समेत एक बालकमा कालाजार पुुष्टी भएको थियो। 
कालाजार पुुष्टी भएका लालबन्दी र सङ्ग्रामपुर दुवै ठाउँका बालकको अवस्था अहिले सामान्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ।ज्वरो आउनुु, तौल घट्नुु,थकान महशुस हुनु,रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्यरुपमा वृद्धि हुनुु कालाजारको लक्षण रहेको लालबन्दी नगरपालिका ९ स्थित रहेको नगर अस्पताल लालबन्दीका प्रमुख डा.चन्दन चौधरीले बताए ।

सम्बन्धित समाचार