Close This

होली पर्वको अवसरमा जेसीज लालबन्दीद्धारा बृद्धसेवा श्रममा मिष्ठान्न भोजन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१६ गते   ४३२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको पद्धम भुवनेश्वरी बृद्धसेवा श्रममा रहेका बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराइएको छ । 
जेसीज लालबन्दीले नेपालीहरुको महान पर्व फागु पुर्णिमा अर्थात होलीको अवसर पारेर बृद्धसेवा श्रममा रहेका बुद्धबुद्धा आमाबुबाहरुलाई मिष्ठान्न भोजन गराएको हो । 
रंग,सद्भाव र भाइचाराको पर्व होली पछिल्लो समयमा असभ्य हुँदै गएको अवस्थामा सु संस्कृत र संस्कारयुक्त बनाउँन प्रेरणा दिने उद्धेश्यले जेसीजले बृद्धसेवा श्रमका बुद्धबुद्धा आमाबुबाहरुसंग होली मनाउँदै मिष्ठान्न भोजना गराएको जेसीज लालबन्दीका अध्यक्ष श्याम कुमार खड्काले बताउनु भयो । 
नेपाली परम्परा,संसकृत र मुल्य मान्यता पश्चीमा संस्कृतिका कारण लोप हुँदै गएको भन्दै आफु भन्दा पछिल्लो पुस्ताले सु संस्कृत र सभ्य संस्कार सिकुन भन्नका लागि यस वर्षको होली बृद्धसेवा श्रममा बुद्धबुद्धा तथा अग्रज आमाबुबाहरुसंग मनाइएको जेसीज लालबन्दीका महा सचिव राज कुमार सिंहले बताउनु भयो । 
लालबन्दी नगरपालिका २ मा जुटपानीमा रहेको पद्धम भुवनेश्वरी बृद्धसेवा श्रमकी व्यावस्थापक भवानी कोइरालाले सहयोगी मनहरुले बेलावखत सहयोग गर्ने गरेको भन्दै धन्यवाद समेत दिनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech