सर्लाहीका युवाकाे सिन्धुलीमा भएको दुर्घटनामा ज्यान गयाे

589 Shares

धरान-चतरा-हेटौंडा मदन भण्डारी लाेकमार्ग अन्तरगत सिन्धुलीकाे कमलामाई नगरपालिका १३ स्थित माथिल्लाे रानिबासमा भएको सवारी दुर्घटनामा सर्लाहीका एक युवाकाे ज्यान गएकाे छ ।

धरान-चतरा-हेटौंडा मदन भण्डारी लाेकमार्ग अन्तरगत सिन्धुलीकाे कमलामाई नगरपालिका १३ स्थित माथिल्लाे रानिबासमा भिमानबाट तल्लाे रानीबास तर्फ जाँदै गरेकाे बा ९२ प ६५६२ नम्बरकाे माेटरसाईकललाई विपरित दिशाबाट आएकाे मधेश प्रदेश ०४-००१ क ००५१ नम्बरकाे ट्रकले ठक्कर दिँदा सर्लाहीको हरिवन नगरपालिका ९ का अन्दाजी वर्ष २२ का संजय मगरकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान करिब ११:३० बजे भएको सवारी दुर्घटनामा हरिवन नगरपालिका ९ का मगरकाे घटनास्थल मै ज्यान गएकाे हाे । दुर्घटना भए लगत्तै प्रहरीले शबलाई पाेष्ट मार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याईएकाे छ भने घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार