ललितपुरको ललितपुर उपमहानगरपालिका ५ मानभवन बस्ने अ. ८६ बर्षिय एकल महिलाको घरजग्गा हडप्न खोज्ने सर्लाहीका एक नेकपा)एमाले)का नेता फरार भएका छन् । धनकौल गाउँपालिका २ का एमालेका नेता राम आधार राय यादव पीडित महिला ललितपुरदेखि न्याय खोज्न सर्लाही आएपछि फरार भएका पीडित परिवारले बताएका छन् ।
राणालाई तपाईका श्रीमानको नाममा सर्लाही र रौतहटमा रहेको जमिन तपाईको नाममा गराइदिन्छु भन्दै रौतहट बोलाएर रायले ललितपुर उपमहानगरपालिका ५ मानभवनको ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत गरि रु एक करोड ६० लाखको कपाली तमसुक बनाई एकल महिला वृद्धालाई ठगी गर्न खोजेको थाहा पाएपछि पीडित परिवार काठमाणडौँदेखि न्याय खोज्न सर्लाही आएका हुन ।
धनकौल गाउँपालिका २ का वडा अध्यक्षका प्रत्याक्षी समेत रहेका एमाले नेता यादवले ललितपुर उपमहानगरपालिका ५ वस्ने अन्दाजी वर्ष ८६ की राणालाई ललाई फकाई प्रलोभनमा पारेर रौतहट ल्याई ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत गरि रु एक करोड ६० लाखको तमसुक बनाई त्यस मध्य रु एक करोड ५५ लाख रकम भुक्तानी गरी सकेको र बाँकी रु पाँच लाख चाँडै भुक्तानी गर्ने भनी कपाली तमसुक बनाएका पीडित परिवारको भनाई छ ।
चन्द्र शम्शेर ज.व.राकी बुहारी बद्री शम्सेर ज.व.राकी श्रीमती सकलालाई रौतहटमा तपाईको श्रीमानको नाममा जग्गा छ ।अरुले खान लागे तपाई रौतहट आउनु म त्यो जग्गा तपाईलाई मिलाई दिन्छु भन्दै रौतहट बोलाएर ललाई फकाई ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत गरि रु एक करोड ६० लाखको तमसुक बनाई त्यस मध्य रु एक करोड ५५ लाख रकम भुक्तानी गरी सकेको र बाँकी रु पाँच लाख चाँडै भुक्तानी गर्ने भनी कपाली तमसुक बनाएर हस्ताक्षर गराएको पाइएको हो ।
यादवले आफुलाई रौतहटको तपाईका श्रीमानको जग्गा मिलाई दिन्छु भन्दै सो जग्गामा मुद्धा मामिला रहेका कारण ६ कठ्ठा जग्गा तपाईको नाममा आउने र त्यसबाट आफुलाई ३ कठ्ठा जग्गा दिनुपर्ने बाँकी रहेको ३ कठ्ठा जग्गाको रु ५० हजार दिने भनी झुक्याई आफ्नो ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत तमसुक लेखि मेरो पक्षका कुनै साक्षी नराखि आफ्नै पक्षका मात्रै साक्षी राखेर मलाई यादवले फसाउन खोजेको बृद्धा सकलाले बताईन् । उनले जुगली देवीलाई आफुले नचिनेको र यादवसंग पनि कुनै किसिमको आर्थिक लेनदेन समेत नभएको बताईन् । साथै उनले यादवको सम्पती छानविन गर्नु पर्ने समेत माग गरेकी छन् ।
उनका अनुसार आफु अनपढ रहेको फाईदा उठाउँदै राम आधार राय यादवकी आमा जुगली देवीको नाममा तमसुक बनाएरको पछि मुद्धा परेपछी आफ्नो ललितपुर उपमहानगरपालिका ५ (ग) कित्ता नं.६२६ को १३ आना २ दाम जग्गा र त्यसमा बनेको इट्टाको घरको समेत तमसुक बनेको थाहा पाएको बताईन् ।
निवेदनमा सही गर्दिनु भन्दै यादवले हस्ताक्षर गराएको र सो तमसुक नभई निवेदन भनिएको भएपनि अदालतमा मुद्धा परी पत्र आएपछि आफुलाई थाहा भएको र न्याय माग्न विभिन्न निकायहरु धाउँदा पनि न्याय नपाएको पीडित सकलाले बताइन्। तर अदालतलाई प्रलोभनमा पारेर यादवले जिल्ला अदालत सर्लाही र उच्च अदालत जनकपुरबाट मुद्धा समेत जितेको छन् ।
पीडित सकलाको पक्षमा साँक्षी नराखि तमसुक बनाएरको र जसको नाममा तमसुक बनायो ती महिला जुगली देवीलाई आफुले नदेखेको,नचिनेको समेत सकलाले बताईन् । अहिले उनी भद्धा भाई आईत तामाङलाई साथमा लिएर जिल्ला प्रशासन कार्यालय सार्लहीमा समेत आएकी छन्।उनले यहाँबाट आफुले न्याय नपाए धर्नामा बस्ने समेत बताएकी छन् ।
सकला सर्लाही आएपछि उनको कुरा सुनी जिल्ला प्रशासन कार्यालय सर्लाहीले साउन ३१ गते यादवलाई उपस्थित हुन भन्दै पत्राचार पनि गरेको थियो। अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोगको पत्रानुसार मिटरव्याज पीडितहरूबाट लिईएका निवेदन उपर छलफल भई रहेको र यादवलाई साउन ३२ गते नै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उपस्थित हुन भनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले पत्राचार गरेको थियो ।तर यादवले जिल्ला प्रशासन कार्यालय सर्लाहीको पत्राचारलाई वेवास्था गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
https://kamalamaikhabar.com/news/4356