आश्वासन बाँडेका छैनौं, गर्न सक्ने काममा मात्रै प्रतिबद्धता जनाएका छौंः पाँच दलिय गठबन्धनका साझा उम्मेदवार साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२८ गते   ७५४ पटक हेरिएको

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट  सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार नरेन्द्र साहले आफुहरुले मतदाता लोभ्याउने खालका असम्भव आश्वासन नबाँडेको बताए । सर्लाही ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार साहले आश्वासन बाँडेका नबाँडेको र गर्न सक्ने काममा मात्रै प्रतिबद्धता जनाएको बताए ।
प्रतिनिधि सभाका निवर्तमान सभासद समेत रहेका नेकपा(माओवादी केन्द्र)का नेता साहले सर्लाही ३ का जनताको साझा चाहना र पुरा गर्न सक्ने कामहरुको आफुसंग विवरण रहेको बताउँदै उनले आफु यहि क्षेत्रको  स्थायी बासिन्दा रहेका कारण पनि मतदाताहरुलाई लोभ्याउने खालका असम्भव योजनाहरु नबाँडी चुनाव जिते वा हारेपनि गर्न सक्ने योजनाहरु सुनाएको कमलामाई मिडिया प्रा.लिलाई बताए । 
आफुसंग चुनाव लड्ने विपक्षी तीन दलिय गठबन्धनका उम्मेदवार सर्लाही ३ का नभई सर्लाही क्षेत्र नम्बर ४ का भएका कारण पनि आफुलाई सहज भएको र जनताले आफुलाई राम्ररी चिनिसकेका कारण पनि भोलीका दिनमा निर्वाचनको समयमा बोलेका कुरा पुरा भएनन् ?भन्ने खालका प्रश्न उठ्ने ठाउँ नराखि सर्लाही ३ का जनताका साझा मागहरु,आवश्यकताहरु र आफ्नो क्षमताले भ्याउने सम्मका योजनाहरु मात्र जनताको माझामा लिएर गएको कमलामाई मिडिया प्रा.लिसंगको संक्षिप्त कुराकानीमा नेता साहले बताएका हुन ।
सर्लाही ३ मा २४ सै घण्टा सेवा दिने सुविधा सम्पन्न स्वास्थ्य संस्थाको स्थापना,बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न सक्ने खालका उद्योगहरु,क्षेत्रको शिक्षाको सुधारका योजनाहरु,सर्लाहीको क्षेत्र नम्बर ३ लाई सर्लाहीको मात्र नभई देशकै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने र अव्यवस्थीत रुपमा रहेका सुकुम्वासीहरु तथा बसोबासीहरुको व्यावस्थापन गर्दै लैजाने लगायतका योजना निर्वाचनको क्रममा जनतालाई सुनाएको नेता साहले बताए ।
सर्लाही ३ लाई राष्ट्रिय राजनितिमा पहुँच पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताउँदै उनले यसपटक सर्लाही ३ का जनताले पाँच दलिय गठबन्धनका साझा उम्मेदवारहरुलाई नै मतदान गरि जिताउने विश्वास व्यक्त गरे । आफु निर्वाचन भन्दा पहिला पनि सर्लाही ३ का जनताहरु कै माझमा रहेको र धेरै सामाजिक कामहरु गरिसकेको स्मरण गराउँदै आफुले करिब १० हजार भन्दा बढी मतान्तरले विजयी हुने विश्वास व्यक्त गरे ।
नेपालको संविधान २०७२ को रक्षा,संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको रक्षा,मधेशीको अधिकार,समृद्ध नेपालको परिकल्पना र दिगो विकासका लागि पाँच दलिय गठबन्धन भएकाले सर्लाही ३ का जनताले आफुहरुलाई मतदान गरि जिताउने विश्वास गरे ।
सर्लाही ३ का जनताले आफुहरुलाई परेको दुःख कष्ट आफुलाई सुनाएमा आफु तुरुन्त आएर सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् । उनले कसैसंग पैसा छ,कसैले पैसा दिन्छ भन्दैमा चुनावमा भुल गरे १ दिनको खुसी का कारण ५ वर्ष दुःखि हुनु पर्ने अवस्था नआउनका लागि पनि बाम लोकतान्त्रीक गठबन्धनका नेताहरुलाई जिताउन आग्रह गरे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech