Close This

करिब १ लाख बराबरको भन्सार छलीका सामान बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२ गते   २९५ पटक हेरिएको

सर्लाहीको विभिन्न स्थानबाट सोमवार राती प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–६ बाट भन्सार छलेर भारतबाट ल्याइएको ४० हजार बराबरको दुई बोरा खैनी प्रहरीले बरामद गरेको छ ।
त्यस्तै विष्णु गाउँपालिकाको मधुवनीगोठबाट २० हजार बराबरको १४ बोरा मोटर केराउ बरामद भएको प्रहरीले जनाएको छ । तेस्रो मुलुकबाट आएको केराउ यहाँबाट भारततर्फ लान खोज्दा प्रहरीले बरामद गरेको हो । 
यसैगरी ब्रम्हपुरी गाउँपालिका ४ बाट २५ हजार बराबरको टि–सर्ट र साडीको कपडा बरामद भएको प्रहरीले जनाएको हो । चन्द्रनगर गाउँपालिका मोहनपुरबाट पानीपुरीमा प्रयोग हुने झण्डै १२ हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद यि सामग्री मंगलबार भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सीमा नाका शील रहेको अहिलेको अवस्थामा भारतबाट लुकाईछिपाई सामान भित्र्याउँदा जोखिम हुने भएकाले कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक  विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले अपराधिक गतिविधि नियन्त्रण तथा भन्सार छली चोरी निकासी नियन्त्रण गर्ने बताइ रहेको भएपनि जिल्लाका धेरै स्थानका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरुकै मिलेमतोमा कपडा,सुर्तीजन्य पदार्थ मद्यिरा लगायतका सामानहरु भन्सार छली चोरी निकासी हुने गरेका पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech