जैवीक विविधताको संरक्षण कार्यमा उल्लेख्य भूमिका खेलेका भन्दै डिभिजन वन कार्यालय सर्लाहीद्धारा प्रहरी निरिक्षक गिरीलाई नगद सहित सम्मान

73 Shares

सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक अनिल राज गिरीलाई डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले नगदसहित सम्मान गरेको छ ।डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले नगद रु १० हजार सहित ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक गिरीलाई आईतबार सम्मान–पत्र प्रदान गरेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा वन्यजन्तु चोरी शिकारी तथा अवैध वन पैदावार ओसार पसार एवम विक्री विवरण नियन्त्रण कार्यमा सहयोग गरी जैवीक विविधताको संरक्षण कार्यमा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक गिरीले महत्वपुर्ण भुमिका खेलेका भन्दै कदर स्वरुव रु. १० हजार नगद पुरस्कार सहित सम्मान–पत्र प्रदान गरिएको हो ।
आगामी दिनमा वन एवम जैवीक विविधताको संरक्षण समेतमा थप योगदान पुर्याउने अपेक्षा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला र डिभिजन वन लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत अहमदले संयुक्त रुपमा हस्ताक्षर गरि सम्मान–पत्र सहित नदग रु १० हजार प्रदान गरेका डिभिजन वन लालबन्दी,सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।

सम्बन्धित समाचार