उद्योग वाणिज्य संघ लालबन्दीका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण एवम पदस्थापन भएको छ।लालबन्दी नगरपालिका ६ स्थित संघको आफ्नै सभा हलमा शपथ ग्रहण र पदस्थापन कार्यक्रम एकसाथ सम्पन्न भएको निर्वाचन समितिका संयोजक एवम निवर्तमान अध्यक्ष कल्याण कुमार जोशीले जानकारी दिए ।उनका अनुसार उद्योग वाणिज्य संघ लालबन्दीको १० औँ अधिवेशनसहितको साधारण सभाबाट एक साताअघि महेशकुमार महतो अध्यक्ष रहने गरी निर्विरोध नयाँ कार्य समिति चयन भएको थियो ।
संघको नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद देवकोटा,उपाध्यक्षमा(उद्योग तर्फ)विशाल थापा,उपाध्यक्षमा(वाणिज्य तर्फ)राजकुमार चौधरी,महासचिवमा गोपाल बहादुर श्रेष्ठ,कोषाध्यक्षमा बिक्रम खड्का,उप–महासचिवमा सन्जित शंकर,सचिवमा कमला कुमारी थापा र सह–सचिवमा सुधिर कुमार गुप्तासहित सदस्य रहेका छन्।यिनै निर्वाचित पदाधिकारी र सदस्यहरुको संघका निवर्तमान अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी(दिपक)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।