स्वतःप्रकाशनमा सिन्धुलीका धेरै कार्यालयहरु चुके,४३ मध्य २५ वटाले मात्रै स्वतः प्रकाशन गरे

530 Shares

सिन्धुलीका सरकारी कार्यालयहरुले तोकिएको समय सीमाभित्र स्वतः प्रकाशन नगरेका पाइएको छ।जिल्ला हुलाक कार्यालय सिन्धुलीले उपलब्ध गराएको तथ्यांक अनुसार सिन्धुलीमा नौ वटा स्थानीय तहका अलावा १४ वटा प्रादेशिक कार्यालयहरु र २० वटा संघीय कार्यालयहरु गरी ४३ वटा कार्यालयहरु रहेका मध्य २५ वटा कार्यालयहरुले मात्रै आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् ।
नौ वटा स्थानीय तहहरु मध्य पाँच वटा स्थानीय तहहरुले,१४ वटा प्रादेशिक कार्यालयहरु मध्य पाँच वटा कार्यालयहरुले र २० वटा संघीय कार्यालयहरु मध्य १५ वटा कार्यालयहरुले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ ।
दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको सिन्धुलीमा कमलामाई र दुधौली नगरपालिका सहित फिक्कल र तीनपाटन गाउँपालिकाले मात्रै आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छन्।भने सुनकोसी,घ्याङ्लेक,मरिण र हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक तोकिएको समय सीमाभित्र स्वतः प्रकाशन नगरेका कार्यालयले जनाएको छ ।
त्यस्तै,१४ वटा प्रादेशिक कार्यालयहरु मध्य उद्योग तथा बाणिज्य कार्यालय सिन्धुली,जलस्रोत तथा सिंचाईँ विकास डिभिजन कार्यालय सिन्धुली,आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुली,डिभिजन वन कार्यालय मरिण र शहरी विकास तथा भवन कार्यालय सिन्धुली गरी पाँच वटा कार्यालयहरुले मात्रै आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छन्।भने सिन्धुली अस्पताल सिन्धुली,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,बागवानी विकास केन्द्र,कृषि विकास कार्यालय,डिभिजन वन कार्यालय सिन्धुली,जनस्वास्थ्य कार्यालय सिन्धुली,खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय सिन्धुली,यातायात व्यवस्था कार्यालय खुर्काेट र पुर्वाधार विकास कार्यालय सिनधुली गरी नौ वटा प्रादेशिक कार्यालयहरुले तोकिएको समय सीमाभित्र स्वतः प्रकाशन नगरेका पाइएको हो ।
साथै,२० वटा संघीय कार्यालयहरु रहेको सिन्धुलीका जिल्ला प्रशासन कार्यालय सिन्धुली,सरकारी वकिल कार्यालय सिन्धुली,कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली,जिल्ला समन्वय समिति सिन्धुली,भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली,जिल्ला हुलाक कार्यालय सिन्धुली,जिल्ला निर्वाचन कार्यालय सिन्धुली,शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुली, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई सिन्धुली,भूमि सुधार त था नापी कार्यालय सिन्धुली,कारागार कार्यालय सिन्धुली,करदाता सेवा कार्यालय सिन्धुली,खाद्य प्रविधि तथा गुण् नियन्त्रण डिभिजन कार्यालय सिन्धुली,कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सिन्धुली र सडक डिभिजन कार्यालय खुर्काेटले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छन्।भने जिल्ला अदालत सिन्धुली,सुनकोशी मरिण बहुउद्धेश्य आयोजना सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली,सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली र चुरे उत्थानशिल आयोजना सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ को तेश्रो त्रैमासिक तोकिएको समय सीमाभित्र स्वतः प्रकाशन नगरेका पाइएको हो ।
सरकारी तथा सार्वजनिक निकाय(कार्यालय)ले हरेक तीन/तीन महिनामा आफ्नो कार्यालयले गरेका गतिविधिहरु स्वतःप्रकाशन मार्फत नागरिकलाई जानकारी दिनुपर्ने प्रावधान भएपनि यस तर्फ सिन्धुलीका १८ वटा कार्यालयहरु चुकेका पाइएको छ।नेपालको संविधान २०७२ को धारा २७ का साथै नेपालको सूचना हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार सरकारी तथा सार्वजनिक निकाय(कार्यालय)ले गरेका गतिविधिहरु नागरिकलाई जानकारी गराउनु पर्ने प्रावधान भएपनि आफुहरुले गरेका गतिविधिहरु सार्वजनिक गर्न कार्यालयहरुले चासो नदिनुले प्रचलित कानूनी ब्यवस्था जस्तैं– सार्वजनिक खरिद ऐन र तत्सम्बन्धी नियमावली, आर्थिक कार्यबिधी तथा बित्तीय उत्तरदायित्व सम्बन्धी ऐन र तत्सम्बन्धी नियमावली, सूशासन (ब्यवस्थापन तथा संचालन) ऐन र तत्सम्बन्धी नियमावली, सूचनाको हक सम्बन्धी ऐन र  तत्सम्बन्धी नियमावली लगायतमा उल्लेखित प्रावधानहरुको गम्भीर उल्लंघन भएकाले आर्थिक अपचलन एवं बित्तीय बिचलन भई भ्रष्टाचार बढेको हुन सक्ने तर्फ ईङ्गित गर्दै शंका गरेका छन् ।

सम्बन्धित समाचार