२५ औँ जनमुक्ति सेना दिवसको अवसरमा करिब ३० जना शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।जनमुक्ति सेनाका तत्कालीन कमिसार तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटा(सुबोध)को प्रमुख आतिथ्यतामा भएको २५ औँ जनमुक्ति सेना दिवस कार्यक्रममा शहीद परिवारका करिब ३० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको पूर्व जनमुक्ति सेना संघ नेपाल सर्लाही जिल्ला समितिका अध्यक्ष टंक बहादुर बोहरा(शितल)ले जानकारी दिए ।

उनका अनुसार हरिवन नगरपालिका १ विलन्दी स्थित शहीद रोशन स्मृति पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय महाधिवेशन सदस्य अच्युतम प्रसाद काफ्ले,सुरेन्द्र लामा,निवर्तमान मन्त्री एवम प्रदेश सभा सदस्य बेची लुङगेली, केन्द्रीय महाधिवेशन सदस्य कमल सुस्लिङ,जवारलाल कुशवाहा,रमेश बुढाथोकी(कमल),भरत कुमार थापा,आरती लामा,लुमणी धिमाल(लोचन), लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमले ऐतिहासिक महत्व,सम्मान,उत्साह र ऐक्यवद्धताको वातावरणलाई उत्साहित बनाएको नेपाली कम्युनिष्ट पार्टीका नेता भरत कार्कीले बताए ।समाजिक रूपान्तरण, वर्गीय मुक्ति,न्याय,समानता र लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जनमुक्ति सेनाले गरेको त्याग,समर्पण र बलिदानलाई सम्झँदै २५ औँ जनमुक्ति सेना दिवस मनाईएको पूर्व जनमुक्ती सेनाका कमाण्डर मोहन लाल श्रेष्ठ(सन्देश)ले बताए ।