स्रोत नखुलेको १५ लाख नगदसहित एक चिनीयाँ नागरिक सहित चार जना पक्राउ

338 Shares

मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ झनझनेबाट स्रोत नखुलेको रु १५ लाख रकम सहित एक चिनीयाँ नागरिक र तीन जना नेपाली गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हरिहरपुरगढी गाउँपालिका २ झनझने स्थित रहेको प्रहरी चौकी झनझनेले नियमित सवारी चेकजाँच गर्ने क्रममा मदन भण्डारी राजमार्ग हुँदै काठमाडौँतर्फ गइरहेको बा।प्र।०१ ०३१ च ५८०४ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा पछाडिको टायर भित्र लुकाइ राखिएको रु १५ लाख स्रोत नखुलेको रकम सहित कार चालक काठमाडौं महानगरपालिका ३१ का अन्दाजी २५ वर्षीय आदिल अमिद सोही ठाउँका अन्दाजी २१ वर्षीय आमी अमिद,रौतहटको गुजरा नगरपालिका २ का अन्दाजी ७३ वर्षीय चन्द्रमान योञ्जन र करिब ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिईएका मानिस सहित उत्त रकम कारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ।उत्त रकमको सवालमा आवश्यक प्रमाण संकलनपछि कानूनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।पछिल्लो समय पूर्वी नेपाल र तराईका जिल्लाहरुबाट वि।पी राजमार्गका साथै मदन भण्डारी राजमार्ग हुँदै लागु औषध लगायतको ओसार पसार हुने गरेको सूचनाको आधारमा सिन्धुली प्रहरीले समय समयमा धेरै मानिसहरुका साथै ठूलो मात्रामा लागू औषध नियन्त्रणमा लिई रहेको छ ।

सम्बन्धित समाचार