शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका ३ स्थित जन कल्याण आधारभूत धरहरामा भएको आँखा शिविरमा पाँच सय ४९ जनाले लाभ लिएका छन् । जसमा महिला तीन सय ३६ र पुरुष दुई सय १३ को आँखा परिक्षण गरीएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसमा ५७ जनामा मोतीबिन्दुको समस्या देखिएको छ ।
.jpg)
उनीहरुको फागुन २७ गते देखि २९ गते सम्म तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञहरुबाट निःशुल्क सल्यक्रिया गरीने बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आईतबार बसबरीया गाउपालिका ३ भवानिपुर पालिका नजिकैको विद्यालयमा आँखा परिक्षण गर्ने कार्यक्रम रहेको छ ।
.jpg)
फागुन २९ गते सम्म बागमती,हरिवन,हरिपुर र बरहथवा नगरपालिका तथा बसबरिया र रामनगर गाउँपालिकाका विभिन्न स्थानमा शिविर संचालन गरिने छ । निःशूल्क शिविरमा आँखा जाचँका क्रममा फेला परेका मोती बिन्दुका बिमारीको निःशुल्क सल्याक्रिया समेत गरिने आयोजक बागमती नगरपालिकाले जनाएको छ ।