जगदम्बाको प्लान्ट विष्फोट काण्ड,दलहरुको कडा विज्ञप्ती,उद्योगको सर्तक जवाफ¬

585 Shares

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा सञ्चालित जगदम्बा स्टिल्स लिमिटेडको प्लान्ट विष्फोटको विषयमा जीतपुरसिमरा उद्योग बाणिज्य संघ तथा पर्यटन हवाई यातायात समिति मधेस प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाका  प्रमुख राजनैतिक दलहरुको प्रेस विज्ञप्ती र सन्चारकर्मीहरुले निभाएको भुमिकालाई जगदम्बा स्टिल्सले सामाजिक सन्जालमा अफवाह फैलाएको आरोप लगाएको प्रति जीतपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष तथा पर्यटन हवाई यातायात समिति मधेस प्रदेशका सभापति मोहन शर्मा लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।सो विज्ञप्तीमा स्थानीय राजनैतिक दल,स्थानिय सरकार,प्रदेश सरकार,उद्योग बाणिज्य संघ र स्थानिय जनतासंग समन्वय र सहकार्य बिना उद्योग चल्न चलाउन सम्भव छ ? बाराका प्रमुख जिल्ला अधिकारी र उद्योग बिभागका महानिर्देशक मार्फत उद्योग मन्त्रालयको ध्यानाकर्षण गर्दछु।भनिएको छ ।
उद्योगको समग्र विकास,विद्युत आपुर्तिको निरन्तरता,रोजगारी सृजना र बिपद् व्यवस्थापनको बिषय वा एकद्वार प्रणालीको कर नीतिको  बिषयमा जीतपुरसिमरा उद्योग बाणिज्य संघ तथा पर्यटन हवाई यातायात समिति मधेस प्रदेशले निरन्तर समन्वय गरी सरोकारवाला निकाय समक्ष उद्योगी र व्यापारीको पक्षमा आवाज उठाईरहेको भएपनि अधिक प्रदुषण र सिमसार अधिक्रमण लगायत कम्पनीमा कार्यरत कर्मचारीहरु र उद्योग वरपर आवासिय क्षेत्रमा बसोवास गरेका स्थानीयको स्वास्थ्य र सुरक्षाको सवालमा सधैँ चिन्तित रहेको जीतपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष तथा पर्यटन हवाई यातायात समिति मधेस प्रदेशका सभापति लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय राजनीतिक दलहरुले जारी गरेको विज्ञप्ती अनुसार उद्योगसंग विवाद सृजना हुने र जसका कारण उद्योग चल्न दिने की नदिने भन्ने विवाद सृजना हुने अवस्था देखिएको बुझिन आएको र उद्योगले पनि आफु ठूलो उद्योग भएकाले स्थानीयलाई नटेर्ने रवैया देखाएको प्रति जीतपुरसिमरा उद्योग बाणिज्य संघ तथा पर्यटन हवाई यातायात समिति मधेस प्रदेशको ध्यानाकर्षण भएको हो ।
उद्योगको प्लान्टमा भएको विष्फोटमा के कति मजदुरहरु घाईते भए ? किन पटक पटक जगदम्बा स्टिल्स मै विष्फोट तथा घटना भई रहन्छ ? त्यसको जवाफ कसले दिने भन्दै स्थानीय आक्रोसित भएका छन्।उद्योगको व्यवस्थापकिय काम लापर्बाहीपुर्ण रहेकाले यसलाई सुधार गर्नु पर्ने साथै प्लान्ट विष्फोट हुँदा भट्टीमा मजदुरहरु परेका हुन सक्ने साथै धेरै जना घाईते भएका हुन सक्ने भएपनि उद्योगले वास्तविक विवरण सार्वजनिक नगर्नु विवादको विषय रहेको स्थानीयको आरोप छ ।
उद्योगमा देखिने यस प्रकारका घटनाहरुमा उद्योग गम्भीर हुनु पर्ने र उद्योग पर्यटनको हवको रुपमा रहेको जीतपुर सिमरा उद्योग करिडरलाई विकास गर्न स्थानिय सरकार,उद्योग बाणिज्य संघका साथै स्थानीय संघ÷संस्था र स्थानीय बिचको समन्वय हुन आवश्यक रहेको जीतपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष तथा पर्यटन हवाई यातायात समिति मधेस प्रदेशका सभापति लामिछानेले बताए।उनले मधेशको उद्योग विकासमा जीतपुर सिमरा उद्योग बाणिज्य संघ अहोरात्र लागि परि रहेको भएपनि जगदम्बा स्टिल्सले आफु ठूलो कम्पनीको रुपमा रहेका दम्भका कारण उद्योग पर्यटन मैत्री र वातावरण मैत्री नहुनुका साथै समन्वय सहकार्य नगर्ने गरेका कारण यस प्रकारका उद्योगहरु दिनप्रति दिन विचल्ली हुने अवस्थामा पुग्ने चिन्ता समेत व्यक्त गरे ।
उद्योगमा असार १८ गते बुधवार राति करिब ९ः१५ बजे सि.सि.एम.प्लान्टमा विष्फोट हुँदा केही मजदुरहरु घाईते भएका थिए।तर उद्योगले के कति मजदुर घाईते भए भन्ने एकिन विवरण सार्वजनिक नगरेको,उद्योगमा पटक पटक यस प्रकारका घटनाहरु घटि रहेका भएपनि व्यवस्थापकिय हिसाबले उद्योग गम्भीर नभएको साथै वातावरणीय हिसाबले उद्योगले लापर्बाही गरेका स्थानीयको आरोप छ ।
सोही विषयलाई लिएर पाँच राजनीतिक दलहरुले विज्ञप्ती नै जारी गरेका छन् ।नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा(माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा) र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)ले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा“जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा सञ्चालित जगदम्बा स्टिल्स लिमिटेडमा असार १८ गते बुधवार राति करिब ९ः१५ बजे सि.सि.एम.प्लान्टमा भएको विष्फोटको घटनामा गम्भीर ध्यानाकर्षण भएको,देशकै ठूलो कम्पनीको रुपमा स्थापित जगदम्बा स्टिल्समा यस्ता प्रकृतिका घटना यसअघि पनि पटकपटक भईरहेको साथै यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रवाट पहलकदमी भएको भएपनि भट्टी विष्फोट हुने क्रम नरोकिएको जसका कारण उद्योगभित्र जनधनको क्षति हुनुका साथै उद्योग वरपर वसोवास गर्ने स्थानीय पनि त्रसित भएका साथै पटक पटकको ध्यानाकर्षण र पहलकदमी पश्चात पनि यस्तो घटना दोहोरिन नदिन उद्योग प्रशासन गम्भीर नदेखिएको,वस्तीका बीचमा रहेको उद्योगले स्थानीवासीको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर कारखाना संचालन गर्नुपर्ने भएपनि उक्त विषयमा गम्भीरता नदेखिएको हुँदा यस्ता जोखिमपूर्ण भट्टीलाई अन्यत्र स्थानान्तरण गर्न माग गर्दछौं।साथै स्थानान्तरण नहुँदासम्म भट्टी संचालनमा पूर्णरुपमा रोक लगाउन स्थानिय प्रशासन र स्थानीय सरकारसंग जोड्दार माग गर्दछौं।”नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा(माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) जीतपुरसिमरा उपमहा नगरपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यता,जगदम्बा स्टीलले असार १९ गते नै जारी गरेको विज्ञप्तीमा “असार १८ गते बुधबार राति अन्दाजी ९ः१५ बजेको समयमा जीतपुर सिमरा उप महानगरपालिका २ स्थित जगदम्बा स्टिल्स लिमिटेडको हाताभित्र रहेको सि.सि.एम.प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टि चलिरहेको अवस्थामा अकस्मात आगलागि भई पड्किन गएको हुँदा उक्त घटनामा भारत, बिहार राज्य,समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका अन्य कुनै पनि मानविय क्षति नभएको तर ठूलो मात्रामा भौतिक क्षति भएको भनिएको छ ।”“उक्त घटना के कसरी हुन गयो भन्ने बारेमा सम्बन्धित पक्ष र यस प्रतिष्ठानबाट अनुसन्धान भईरहेको समेत अवगत गराउँदछौँ।यसै घटनालाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा अफवाह फैलाईएका प्रशारित समाचारहरु प्रति यस प्रतिष्ठानको गम्भिर ध्यानाकार्षण भएको छ।यस्ता संवेदनशिल विषयमा आधिकारिक श्रोतबाट प्रमाणिकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रशारण नगरिदिनुहुन हामि सबै सम्वन्धित पक्षहरु विशेषगरि सञ्चारकर्मीहरु तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई हार्दिक अपिल गर्दै यस घटनाले समाजमा पर्न गएको असहज अवस्थाप्रति दुख प्रकट गर्दछौँ।”उक्त विज्ञप्तीमा भनिएको छ ।
यता,सो विषयमा उद्योगका प्रशासन प्रमुख कृष्णदत्त भट््टसंग कमलामाई मिडिया प्रा.लिले जिज्ञासा राख्दा उनले सबै कुरा फोनमा बताउन नमिलेपनि सो समयमा एक जना मजदुर घाईते भएका,भट्टी पडकिँदा ठूलो आवाज आएकाले बाहिर अनावश्यक शंका सृजना भएको र सरोकारवालासंग समन्वयको काम भई रहेको बताए।उनले मैले भन्दा तपाईहरुलाई विश्वास नलागे उद्योगमा आएर सो समयमा काम गरि रहेका मजदुरसंग बुझ्न सकिने  समेत बताए । वातावरणीय हिसाबले तपाईहरुको ध्यान नपुगेको विषय के  हो भन्ने हाम्रो प्रश्नमा त्यसको सवालमा सुधारको काम गरि रहेको बताए ।

सम्बन्धित समाचार