मिठाईमा विष मिसाएर खानेदिने माथि कडा कार्बाहीको माग गर्दै माओवादी केन्द्र र कांग्रेसको विज्ञप्ती जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२५ गते   १३९९ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा निर्वाचन प्रचास प्रसार अन्र्तगत घर दैलो कार्यक्रम गर्ने क्रममा मिठाइमा बिष प्रयोग गरि ज्यान मार्ने उदेश्यले गरिएको कार्यको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटि र नेपाली कांग्रेस हरिवन नगर कार्य समितिले विज्ञप्ती मार्फत आपति जनाएको छ । हरिवन नगरपालिका ११ मा आफ्नो हारहुने देखेपछि विपक्षी दलले माओवादी केन्द्रको तर्फबाट हरिवन नगरपालिका ११ को वडा अध्यक्ष पदका उम्मेदवार सहित माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुलाई ज्यान मार्ने उदेश्यले मिठाइमा बिष प्रयोग गरि खान दिएको भन्दै माओवादी केन्द्र हरिवन नगर कमिटि र कांग्रेस नगर कार्य समितिले आपती जनाएका हुन ।


माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्त र नेपाली कांग्रेस हरिवन नगर कार्य समितिका सभापति रामशरण उप्रेतीद्धारा विज्ञप्ती जारी भएको हो । दुवै पार्टीले हरिवन नगरपालिका ११ को वडा अध्यक्ष पदका उम्मेदवार शेष इस्तिहार,महिला सदस्य पुर्णिमा भण्डारी,सदस्य ओम प्रकाश साह(रौनियार) लगायत  शेष आरिफ, रिजमान शेष,दिलिप खड्का,हरि लामा र शेष अस्फाकलाई विपक्षी दलले  मिठाईमा विष मिलाएर खान दिँदा गम्भिर बिरामी भएका बताउँदै सो कार्यमा संग्लग्न अपराधिहरुको पहिचान गरि कडा भन्दा कडा कार्बाही सहित यसप्रकारको जघन्य अपराधको घोर निन्दा र बिरोध गरेका छन् ।दुवै दलले  अध्याँरो कोठामा बसेर ज्यान मार्ने अपराधको योजना बनाउने र अपराध गर्ने जो कोही भएपनि छानविन गरि कारवाहि गर्न प्रहरी प्रशासनलाई अनुरोध समेत गरेका छन् । सत्य तथ्य छानविन गरि दोषीलाई कारवाही नगरेमा पार्टी कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष पन्तले बताउनु भयो ।
नेकपा(माओवादी केन्द्र) ले हरिवन नगरपालिकाका सबै वडा सहित नगरपालिका नै जित्ने अवस्था देखेपछि विपक्षी दलले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई मिठाईमा विष मिसाएर खान दिएको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल)ले बताउनु भयो । आफ्ना नेता तथा कार्यकर्ता अचानक बिरामी परेपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु र दलका भातृसंगठनका नेता तथा कार्यकर्ताहरुले केही समय पुर्वपश्चिम लोकमार्ग स्थित हरिवनमा टायर वालेर प्रदर्शन गर्नुका साथै नारावाजी गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech