माओवादी केन्द्र मधेश प्रदेशका सांसदहरु अर्थ मन्त्रालयको गतिविधि प्रति असन्तुष्ट

898 Shares

मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको गतिविधि प्रति नेकपा(माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरुले आपत्ति जनाएका छन् ।मधेश प्रदेश सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मधेश प्रदेशका स्थानिय तहहरुलाई दिने स–सर्त अनुदान वापतको रकममा भेदभाव गरेको भन्दै माओवादी केन्द्र मधेश प्रदेशका प्रदेश सभा सदस्यहरुले आपत्ति जनाएका हुन ।
“आर्थिक वर्ष २०८०/०८१ मा मधेश प्रदेशका स्थानिय तहहरुलाई दिने स–सर्त अनुदान वितरणमा भेदभाव गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ।हामीलाई प्राप्त सुचना अनुसार आन्तरिक मिलेमतोमा मधेश प्रदेशका एक सय ३६ स्थानिय तहहरु मध्य कुनै स्थानिय तहहरुलाई धेरै र कुनै स्थानिय तहहरुलाई न्यूनतम भन्दा पनि कम दिने प्रचलन विगतमा पनि विवादित भएको सर्व विधितै छ,तसर्थ मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले सरकारको सत्ता साझेदार दलहरु तथा प्रतिपक्षी दलहरुसंगको सहकार्य तथा छलफल गरेर मात्र वितरण गर्न गराउन हुन ध्यानाकर्षण सहित जानकारी गराउदछौ ।”माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले जारी गरेको  ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
जनता समाजवादी पार्टी(जसपा) का नेता प्रदेश सभा सदस्य एवम मधेश प्रदेश सरकारका अर्थ मन्त्री संजय कुमार यादव मन्त्री हुँदा देखि नै विभिन्न गतिविधिहरुमा विवादमा पर्दै आएका छन् ।अर्थ मन्त्री यादव आर्थिक प्रलोभनमा परेर स्थानिय तहहरुलाई दिने स–सर्त अनुदानमा विभेद गरेका माओवादी केन्द्रका नेताहरुको आरोप छ ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले मधेश प्रदेशका स्थानिय तहहरुलाई दिने स–सर्त अनुदान वापतको रकममा “एक हात स–सर्त अनुदान, अर्काे हातमा कमिसन”नभए सम्पन्न भएका कामहरुको समेत भुक्तानी नदिने तथा आलटाल गर्ने गरेका आरोपहरु समेत आएका माओवादी केन्द्रका नेताहरुले आरोप लगाएका छन् ।यता,सो विषयमा प्रतिक्रिया लिन मधेश प्रदेश सरकारका अर्थ मन्त्री यादवलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन् ।

सम्बन्धित समाचार