Close This

सर्लाहीका तीन स्थानीय तहले सुरु गरे वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१७ गते   ३६१ पटक हेरिएको


सर्लाहीको चक्रघट्टा गाउँपालिकाले वृद्धवृद्धा, एकल महिला,अशक्त,अपाङ्ग र अन्य लाभग्राहीलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।चक्रघट्टा गाउँपालिकाले वृद्धवृद्धा, एकल महिला,अशक्त,अपाङ्ग र अन्य लाभग्राहीलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सोमबारबाट सुरु गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले जानकारी दिए ।
गाउँपालिकामा आएर भत्ता लिन टाढा पर्ने र सास्ती समेत खेप्नु पर्ने भएपछि वडाबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।उनका अनुसार सोमबार पहिलो दिन चक्रघट्टा गाउँपालिका १ शिवनगरमा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो ।
बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी सम्बन्धित वडामा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिकाले जनाएको छ । पैदल वा सवारी साधनमा भत्ता बुझ्न आउँदा बृद्धबद्धालाई निकै समस्या हुने गरेको गुनासो आएपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
आर्थिक वर्षको पहिलो किस्ताको रकम गाउँमै गएर बितरण गर्ने योजना बनाइएको र सोही अनुसार सामाजिक सुरक्षा भक्ता वितरण वडा वाटै वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिक कुमार यादवले बताए । केही कठिनाईका कारण पहिलो किस्ताको रकम बाँड्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
कर्मचारी व्यवस्थापन भएपछि दोस्रो किस्ताको रकम वडामै गएर बितरण गर्न थालिएको अधिकृत यादवले बताए । गाउँमै आएर भत्ता वितरण भएपछि वृद्धवृद्धा, एकल महिला,अशक्त,अपाङ्ग र अन्य लाभग्राहीलाई निकै सहज भएको चक्रघट्टा गाउँपालिकाका स्थानीय हरिशरण यादवले बताए । जिल्लाको हरिपुर नगरपालिका र बागमती नगरपालिकाले यस अघि नै वडैबाट सामाजिक सुरक्षा भक्ता वितरण सुरु गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech