करिब १० किलाे गाँजा सहित एक भारतिय नागरिक पक्राउ

1.4k Shares

सर्लाहीकाे  मलंगवाबाट  शसस्त्र प्रहरीले ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला सोनवर्षा थाना ग्राम पञ्चायत बिसनपुर आधार वार्ड न ६ संग्रामपुर बस्ने अन्दाजी वर्ष २७ को नुर मोहम्मद रहेको शसस्त्र प्रहरीले जनाएको छ ।
निजलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) खुटौनाबाट खटिएको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा आइतवार दिउँसो BR 30 Z 6466 नम्बरको मोटरसाइकलमा  ९ किलो ८ सय ग्राम गाँजासहित मलंगवा नगरपालिका वडा न १ भेडियाही गाउँ स्थित ढलान सडक खण्डबाट पक्राउ भारत प्रवेश गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए ।
पक्राउ परेका भारतीय युवक मोहम्मदलाई सशस्त्र प्रहरीले मोटरसाइकल र बरामद भएको लागुऔषधसहित आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाएको छ ।

सम्बन्धित समाचार