Close This

सिन्धुलीको मरिण गाउपालिकामा तिज विशेष कार्यक्रम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१८ गते   ४३ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिकामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नारीहरूको महान पर्व हरितालिका तिज नजिकिएसंगै देशभर तिज विशेष कार्यक्रमहरु शुरु भएका छन् ।
तीज महिला दिदी बहिनिहरू भेला भएर मिठा मिठा परिकारहरू बनाएर खाने तथा तिज विशेष गीतहरूमा नाच्दै रमाइलो गरि शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ । आज(शुक्रबार) मरिण गाउपालिकाका दिदीबहिनीहरूले तिज विशेष कार्यक्रमको आयोजना गरि मिठा परिकारको साथमा नाचगान गरेर सुखदुःख साटासाट गरेका छन् ।
मरिण गाउपालिकाको आर्थिक सहयोगमा मरिण गाउपालिका स्तरीय महिला सञ्जालले तिज विशेष कार्यक्रमको आयोजनामा गरेको मरिण गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो ।
 उहाँका अनुसार मरिण गाउपालिका स्तरीय महिला सञ्जालका अध्यक्ष जित कुमारी गुर्मछान मगरको अध्यक्षता तथा मरिण गाउपालिका अध्यक्ष पानिराज बम्जनको प्रमुख आतिथ्य र उपाध्यक्ष संगिता माझीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा मरिण गाउँपालिकाका वडाअध्यक्षहरू, जनप्रतिनिधिहरु,महिला दिदीबहिनीहरूको विशेष उपस्थिति रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech