Close This

सर्लाही ट्राफिकको साउनमा करिब साँडे १९ लाख राजस्व

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१२ गते   ४१८ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा करिब साँढे १९ लाख राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९/०८० को पहिलो साउन महिनामा रु १९ लाख ३२ हजार ५ सय राजश्व संकलन गरेको हो ।
साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका ट्रक ६ सय ४७, बस ४३,कार,जिप,भ्यान ८ सय ९८,ट्याक्टर ६५, मोटरसाईकल ७ सय ६४ र अन्य(टेम्पो) ३३ वटा गरी कुल २ हजार ४ सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १९ लाख ३२ हजार  ५ सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिनु भयो ।
उहाँका अनुसार पूर्वपश्चिम लोकमार्गका साथै जिल्लाका अन्य सहायक सडक मार्गहरुमा ट्राफिक नीयम विपरित सञ्चालीत सवारी साधनहरुलाई कार्बाही गरि रु १९ लाख ३२ हजार  ५ सय राजस्व सङ्कलन भएको हो । 
साउन महिनामा ८१ वटा सवारी दुर्घटना भएका छन भने १ सय ११ वटा सवारी साधनहरु संग्लग्न रहेका छन् । जसमा ट्रक २ वटा,टिपर १,डोजर,लोडर र स्काभेटर गरी १,बस २,जिप,कार ५,ट्याक्टर ६,टेम्पो १,मोटरसाईकल ८७ र अन्य समेत गरी कुल १ सय ११ वटा सवारी साधनहरु दुर्घटनामा संग्लग्न भएका ट्राफिक प्रहरीले जनाएको छ । जसमा ६ जनाको ज्यान गएको छ भने ६१ जना गंभिर तथा ६५ जना सामान्य घाईते भएका छन् ।  
त्यस्तै साउन महिनामा तिब्रगतिका कारण ४१,मापसे १,यात्रुको गल्ती ३२,सडकको अवस्थाका कारण १ र अन्य ६ कारण दुर्घटना भएको ट्राफिक प्रहरी सर्लाहीले जनाएको छ । बढ्दो सवारी साधनको चाप,साँघुरो सडक,चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपाया र पैदल यात्रुकोहरुमा ट्राफिक सचेतना सम्बन्धी ज्ञानको कमीका कारण सवारी दुर्घटना भएको पाइएकोे ट्राफिक प्रहरी निरीक्षक कार्कीको बताउनु भयो ।
यता, भदौ लागेदेखि नै साउन महिनाको दुर्घटनाको तथ्यांकलाई मुल्यांकन गर्दै जिलल ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सडक मै ट्राफिक शिक्षा अभियान समेत सुरु गरेको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech