Close This

अध्यक्षविरुद्ध विष्णु गाउँपालिकामा नेकपाको विरोध सभा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-९ गते   २६८ पटक हेरिएको

जिल्लाको विष्णु गाउँपालिकाा प्रमुखविरुद्ध सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध सभा गरेको छ । गाउँपालिकाको केन्द्र रहेको सीमरा गाउँमा गाउँपालिका अध्यक्ष जवाहारलाल राय यादवको विरुद्धमा सोमबार विरोध सभा गरिएको नेकपा सर्लाहीका नेता चुडामणि वाग्लेले जानकारी दिनुभयो । 
तत्कालिन माओवादी केन्द्र, नेकपा एमाले र फोरमबाट निर्वाचित वडाध्यक्षहरुले गाउँपालिका अध्यक्ष यादव एकलौटी किसिमले अघि बढी अनियमिततामा संलग्न रहेको आरोप लगाएका छन् ।  दुवै पार्टीका नेताहरुलाई बोलाएर असन्तुष्ट वडाध्यक्षहरुले गाउँपालिका अध्यक्षविरुद्ध विरोध सभा नै आयोजना गरेका हुन् । 
नेकपाका स्थानीय नेता महेन्द्र यादवको अध्यक्षतामा आयोजित विरोध सभामा नेकपा सर्लाहीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, नेतृ अन्जु बैठा, पूर्व सांसद शिवपुजन राय, नेता फकिरा महतो, अरविन्द सिंह, चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव लगायतको उपस्थित रहेको थियो ।
हाल नेपाली कांग्रेसमा समाहित भएको बिजयकुमार गच्छदार नेतृत्वको तत्कालिन पार्टीबाट निर्वाचित विष्णु गाउँपालिकाका अध्यक्ष यादव र गाउँपाकिलाका ७ वटा वडा मध्ये ५ वटा वडाका वडाध्यक्षबीच लामो समयदेखि मनमुटाव सुरु भएको थियो । वडाध्यक्षहरुले मागे अनुसार सेवा सुविधा नदिएको र गलत क्रियाकलाप गर्न नदिँदा आफ्नो विरोध गरेका गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।
जिल्लाका अन्य स्थानिय निकायमा पनि एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा फरक–फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले एक–अर्का विरुद्ध यसरी आरोप लगाएर अनियमितताबारे पटक पटक आन्दोलनहरु गरिरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech