हुलाक निर्देशनालय मधेशमा लामो समयपछि निर्देशक अर्याल हाजिर,अतिरित्त हुलाक कर्मचारीको ध्यानाकर्षण पत्र

739 Shares

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन मधेश प्रदेशले हुलाक निर्देशनालय मधेश प्रदेशका प्रमुख जगदीश अर्याललाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।शुक्रबार मात्रै हुलाक निर्देशनालय मधेश प्रदेशको प्रमुखको रुपमा आएका उप सचिव अर्याललाई एसोसिएसन मधेश प्रदेशका अध्यक्ष शेयर खड्काको नेतृत्वमा गएका मधेश प्रदेशका आठै जिल्लाका अध्यक्षहरुले चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन ।
एसोसिएसनले बुझाएको ध्यानाकर्षण पत्रमा न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय हुनुपर्ने,योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनु पर्ने,पोशाक भत्ता उपलब्ध गराइनुपर्ने र नयाँ कर्मचारी भर्ना गर्दा अतिरिक्त हुलाक कर्मचारीहरुको कार्यदक्षता योग्यताको आधारमा पहिलो प्राथमिकता दिई कर्मचारी भर्ना गर्नुपर्ने उल्लेख गरिएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन मधेश प्रदेशका अध्यक्ष खड्काले जानकारी दिए ।
“नेपाल सरकारको गाउँ गाउँमा हुलाक सेवा पुर्याउने उद्देश्यका साथ २०२४ सालमा अतिरित्त हुलाक कार्यालयहरुको स्थापना गरि राज्यको संरचना अनुरुप हुलाक कार्यालयहरुलाई अर्धसरकारी हुलाक,गाउँ पञ्चायतमा साथै २०४७ सालमा गा.वि.स.हरुको स्थापना भए संगै प्रत्येक गा.वि.स.,नगरपालिका,जिल्ला हुलाक,ईलाका हुलाक,छोटी हुलाक बाहेक गा.वि.स. स्तरमा अ.मु.का. हरुको स्थापना र नामांकरण गरिएको साथै हुलाक प्रतिनिधिहरुको मासिक पारिश्रमिक रु.आठ सय र पत्र वितरक र डाक बाहको मासिक पारिश्रमिक रु.चार सय मात्र तोकिएको थियो ।जस अनुसार आफुहरु काम गरि रहेको  र आर्थिक वर्ष २०६८÷०६९को बजेटमा नेपाल सरकारले सबै तहका कर्मचारीहरूको तलब ४२% का दरले वृद्धी गर्दा पनि अतिरिक्त हुलाक कर्मचारीहरुको १८% का दरले मात्रै तलव वृद्धी गरेको थियो । अत्यन्त न्यून पारिश्रमिक दिएर हुलाक प्रतिनिधि,पत्र वितरक र डाक वाहक गरि तीन तहमा विभाजन गरि अतिरित्त हुलाक कर्मचारीहरुलाई काम काजमा लगाइएको भएपनि अतिरित्त हुलाक कर्मचारीहरुको पारिश्रमिक मासिक रु.आठ हजार तीन सय १० (पत्र वितरक) र डाक वाहकको मासिक रु. सात हजार दुई सय ७५ मात्र रहेको छ ।हरेक आर्थिक वर्षमा सबै क्षेत्रका सरकारी कर्मचारीहरुको सवालमा राज्यद्वारा सम्बोेधन गरिने गरिएको तर  अतिरित्त हुलाक कर्मचारीहरुको न्यायोचित मागहरु सम्बोधन हुन नसकेको”ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
२०८१ वैशाख १० गते अतिरित्त हुलाक नियमावली २०३४ को पाचौ संसोधन अनुसार ५८ वर्ष माथीका कर्मचारीहरुलाई केही सुविधा थप गरि अनिवार्य अवकास र स्वक्षीक अवकास मार्फत धेरै कर्मचारीहरुलाई विदाई गरियो । त्यस पछि नेपाल सरकारले नियमावलीमा समेत संसोधन नगरि नेपाल सरकारको एक पालिका एक हुलाकको नीति बमोजिम पालिका हुलाकमा कामकाज लगाइदै आएको र आफुहरुले पटक पटक  सेवा सुविधाको सवालमा सम्बन्धित मन्त्रालय र विभागमा ध्यानाकर्षण पत्र बुझाएको भएपनि हाम्रा माग पुरा भएका छैनन् ।त्यस कारण हाम्रा मागहरु पुनः सरकारलाई ध्यानाकर्षण गराउनका लागि हुलाक निर्देशनालय मधेश प्रदेश मार्फत यो ध्यानाकर्षण गराउदछौँ ।”एसोसिएसन मधेश प्रदेशका अध्यक्ष शेयर खड्काले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार