मधेश प्रदेश सरकारका उर्जा सिचाई तथा खानेपानी मन्त्री जवाहार लाल कुशवाहा सम्मानित भएका छन्।नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय वार्षिक साधारण सभाको अवसरमा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य एवम मन्त्री कुशवाहालाई सम्मान गरिएको नेपाल कुशवाहा कल्याण समाजका संयोजक जय प्रकाश महतोले जानकारी दिए ।
उनका अनुसार सर्लाहीको लालबन्दीमा आयोजना गरिएको नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय वार्षिक साधारण सभाको अवसरमा कुशवाहा तथा महतो समुदायबाट सार्वजनिक पदमा पुगेका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा भरखरै मन्त्री बनेका कुशवाहा सहित प्रदेश सभा सदस्यहरु सन्जय महतो,राज कुमार कुशवाहा,हरि नारायण कुशवाहा,राम प्रसाद मेहता सहित निवर्तमान प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा र जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुशवाहालाई सम्मान गरिएको हो ।
त्यसैगरी,उद्योग वाणिज्य संघ लालबन्दीले पनि नवनियुक्त मन्त्री कुशवाहालाई स्वागत तथा सम्मान गरेको छ।भर्खरै गठन भएको प्रदेश सरकारमा मन्त्री बनेका कुशवाहालाई उद्योग वाणिज्य संघ लालबन्दीले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत तथा सम्मान गरेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महत्तोले जानकारी दिए ।