Close This

कारकाे ठक्करबाट माेटरसाईकल चालक ढुंगेलकाे मृत्युु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२५ गते   ४१५ पटक हेरिएको

 

सर्लाहीको हरिवन नगरपालिका १० नयाँ राेड स्थित पूर्व पश्चिम लाेकमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएकाे छ ।हरिवन नगरपालिका १० नयाँ राेड स्थित पुर्व पश्चिम लाेकमार्गमा कारकाे ठक्कबाट घाईते भएका माेटरसाईकल चालककाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आईरहेको ना. ३३ प २२९५ नम्बरको मोटरसाईकल विपरित दिशाबाट आएकाे बा.७ च ९२२२ नम्बरको कारले ठक्कर दिँदा हरिवन नगरपालिका ११ का ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका ढुंगेलको बिरगंजमा उपचारको क्रममा मृत्यु भएको हाे ।
ढुंगेल हरिवन बजारस्थित घरबाट करिब साढे एघार बजे खाना खाएर नयाँरोड पसलमा जाने क्रममा दुर्घटनामा परेका थिए । मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्स संचालक हुन् । घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव बिरगंजमै पोष्ट मार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech