सर्लाहीको २ क्षेत्रमा बाम लाेकतान्त्रीक गठबन्धन र २ क्षेत्रमा स्वतन्त्रकाे अग्रता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-६ गते   १७२ पटक हेरिएको

सर्लाहीको क्षेत्र नम्बर १ मा स्वतन्त्र २ र ३ मा बाम लाेकतान्त्रीक गठबन्ध र सर्लाही ४ मा स्वतन्त्रका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।सर्लाही १ मा स्वतन्त्रबाट मान बहादुर खड्का पुतली,सर्लाही २  मा बाम लाेकतान्त्रीक गठबन्धनका महेन्द्र राय,सर्लाही ३ मा बाम लाेकतान्त्रीक गठबन्धनका नरेन्द्र साह र सर्लाही ४ मा स्वतन्त्रका डा. अम्रेस कुमार सिह अग्रस्थानमा रहेका छन् । 
दिउँसो साढे ३ बजे सम्मको मत गणना अनुसार उनिहरु अग्रस्थानमा रहेका हुन ।  सर्लाही १ मा स्वतन्त्र तर्फमा खड्काकाे ४ हजार ८ सय २७ मत रहेकाे छ भने उनलाई बाम लाेकतान्त्रीक तर्फका चाैधरीले ४ हजार २ सय ६१ मतका साथमा पछ्याई रहेका छन् । 
सर्लाही २ मा बाम लाेकतान्त्रीक तर्फका रायकाे १ हजार ८ सय २५ मत छ भने उनलाई तीन दलिय गठबन्धनका उम्मेद्वार राजेन्द्र महताेले १ हजार ३ सय ११ मतका साथ पछ्याई रहेका छन् ।
यता, सर्लाही ३ मा बाम लाेकतान्त्रीक गठबन्धनका साहकाे  ४ हजार ४ सय ६१ छ भने तीन दलिय गठबन्धनका हरि प्रसाद उप्रेतीले ३ हजार ३३ सय ६३ मतका साथ पछ्याई रहेका छन् ।
त्यसैगरी सर्लाही ४ मा स्वतन्त्र तर्फमा सिहकाे २ हजार २ सय ५९ मत छ भने उनलाई बाम फाेकतान्त्रीक गठबन्धनका नागेन्द्र कुमार यादवले २ हजार २ सय ५४ मतका साथ पछ्याई रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech