लालबन्दी १ मा सवारीसाधनको ठक्करबाट १ महिला घाइते,ठक्कर दिने सवारीसाधन फरार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२४ गते   २२२१ पटक हेरिएको

 पूर्व– पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित बागवानी जंगलमा सवारीसाधनको ठक्करबाट १ महिला घाईते भएकी छन् ।
लालबन्दी नगरपालिका १ स्थित बागवानी जंगलमा पहिचान खुल्न नसकेको सवारीसाधनको ठक्करबाट लालबन्दी नगरपालिका ५ निवासी अन्दाजी  ५० वर्षीय चन्द्र माया परियार घाइते  भएकी ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार साँझ करिब बजे सवारीसाधनले ठक्कर दिएर परियार घाईते भएकी हुन ।
सवारीसाधनको ठक्करबाट घाईते भएकि परियारको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ भने ठक्कर दिने सवारीसाधन फरार भएकाले खोजतलास चलिरहेको छ ।
घाइतेले मादक पदार्थ सेवन गरेको हुनाले दुर्घटना भएको अनुमान गरिएको र घाइतेको  अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech