सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालको सरुवा भएको छ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले ९० जना सशस्त्र प्रहरी उपरीक्षकहरुको नियमित सरुवा गर्दा सशस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक खनालको पनि सरुवा भएको हो।
सशस्त्र प्रहरी उपरिक्षक खनालको सर्लाहीबाट सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सरुवा भएको छ ।सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्यूरो काठमाडौँबाट सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द सर्लाहीमा आउने भएका छन् ।
त्यसैगरी,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।प्रहरी प्रधान कार्यालयले देशभरका ३७ जना प्रहरी नायव उपरिक्षकहरुको बढुवा सूचीमा प्रहरी नायव उपरिक्षक श्रेष्ठ पनि परेका हुन।करिब एक वर्ष पहिला जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा आएका प्रहरी नायव उपरिक्षक ३७ जना मध्य १० औँ नम्बमा प्रहरी उपरिक्षकमा बढुवा भएका हुन ।

हालै बढुवा भएका प्रहरी उपरिक्षकहरुको दरबन्दी तोक्न बाँकी रहेको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी नायव उपरिक्षक श्रेष्ठको बढुवासँगै अब सरुवा समेत हुने र सर्लाहीमा अर्को प्रहरी नायव उपरिक्षक पठाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।