सर्लाहीका निजी(संस्थागत)विद्यालय सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि धर्ना दिएका छन्।संघीय शिक्षा ऐनमा निजी(संस्थागत)विद्यालय बन्द गर्ने गरी नीति ल्याउन लागिएको भन्दै जिल्लाका निजी(संस्थागत)विद्यालयहरुका सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय अगाडि कालो ब्यानरसहित शान्तिपूर्ण विरोध प्रदर्शन गरेका प्याव्सन सर्लाहीका अध्यक्ष सागर गिरीले जानकारी दिए ।

उनका अनुसार निजी(संस्थागत)विद्यालय सञ्चालकहरुले गैर नाफामुखी चाहिँदैन,कम्पनी हटाउन पाइँदैन,पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी(संस्थागत)विद्यालय मास्न पाइँदैन,स्कुल बस,पुस्तक र विद्यालय पोसाकमा छात्रवृत्ति दिन सक्दैनौ,पूर्ण छात्रवृत्ति शब्द खारेज गर,विद्यार्थी संख्याको १० प्रतिसत भन्दा बढी छात्रावृत्ति दिन सक्दैनौ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन ।
प्याव्सन र एनप्याव्सन सर्लाहीको आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रममा श्रम,लगानी र योगदान, निजी (संस्थागत) विद्यालयको सम्मान,गुणस्तरीय शिक्षा,हाम्रो प्रतिबद्धता,गैर नाफामुखी शब्द खारेज गर र पूर्ण छात्रवृत्ति शब्द खारेज गर लगायतका नारा लेखिएको व्यानर बोकेर सर्लाहीका निजी(संस्थागत)विद्यालय सञ्चालकहरु आन्दोलीत भएका एनप्याव्सन सर्लाहीका अध्यक्ष सागर आचार्यले जानकारी दिए ।
उनका अनुसार कम्पनि ऐन अनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयलाई गैर–नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाउनुपर्ने,विद्यालयमा उत्पादन नहुने पोसाक,पाठ्यपुस्तक, शैक्षिक सामग्री,खाजा,खाना र अन्य सुविधाको प्रावधान खारेज गर्नुपर्ने र छात्रवृत्ति वितरणको अधिकार सम्वन्धित विद्यालयमा रहनुपर्ने निजी(संस्थागत)विद्यालय सञ्चालकहरुले माग अघि सारेका छन्।केन्द्रीय समितिले तय गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत सर्लाहीमा पनि जिल्लाभरका निजी(संस्थागत)विद्यालय सञ्चालकहरु शान्तीपुर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका हुन ।