सिन्धुलीको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेकपा(माओवादी केन्द्र)का नेता लेखनाथ दाहाल(राजन)माथि नेकपा(एमाले) सिन्धुलीले जाई लाग्ने योजना बनाएको पाइएको छ ।एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निरन्तर जाई लागेका माओवादी केन्द्रका नेता एवम प्रतिनिधि सभा सदस्य दाहालमाथि एमाले सिन्धुलीले बैठक नै गरेर जाई लाग्ने योजना बनाएको पाइएको हो ।
एमाले सिन्धुलीको चौथो पुर्ण बैठकले माओवादी केन्द्रका नेता एवम प्रतिनिधि सभा सदस्य दाहालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली लगायत सिङ्गो एमाले विरुद्ध जाई लागेका र कपोकल्पित,भ्रामक र अनर्गल दुष्प्रचार गरेका कारण त्यसको प्रतिवाद गर्ने तयारी गरिएको एमाले सिन्धुलीका अध्यक्ष महेन्द्र देव श्रेष्ठले बताए।उनका अनुसार अध्यक्ष एवम प्रधानमन्त्री ओली विरुद्ध प्रतिनिधि सभा सदस्य दाहाल निरन्तर कपोकल्पित,भ्रामक र अनर्गल दुष्प्रचारमा लागेका कारण त्यसको सामूहिक प्रतिवाद गर्ने घोषणा गरिएको हो ।
प्रतिनिधि सभा सदस्य दाहालले आफ्नो पदीय मर्यादा भुलेर सिन्धुली जिल्ला कै बेइज्जत गर्ने गरी क्रियाकलाप गरेको भन्दै एमालेले खेद व्यक्त गरेको छ।साथै उनको गतिविधिको डटेर प्रतिवाद गर्न पार्टी पंतिलाई परिचालन गर्ने एमाले सिन्धुलीले जनाएको छ ।प्रतिनिधि सभा सदस्य एवम माओवादी केन्द्रका नेता दाहालले एमाले अध्यक्ष एवम प्रधानमन्त्री ओलीले गरेका भ्रष्टाचारको खुलेर विरोध गर्दे आएका छन्।आफ्नो पार्टी र नेता कार्यकर्ताहरु विरुद्ध डटेर विरोध गर्ने साथै भ्रष्टाचारको विरोध गर्नेहरुलाई एमालेले ठेगान लगाउँने प्रयास गर्दै आएको छ ।भ्रष्टाचारले डुङ्ग डुङ्गती गन्हाएको एमाले आफ्ना नेता कार्यकर्ताहरुलाई भ्रष्टाचार गर्न छुट दिने रअरुलाई अनावश्यक दुःख दिने गरेको भन्दे माओवादी केन्द्र सहित अन्य दलका नेताहरुले विरोध गर्दे आएका छन् ।