मलंगवा १ मा दुई भारतीय मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते

375 Shares

सर्लाहीको मलंगवा नगरपालिका १ स्थित भेडहियामा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।मलंगवा नगरपालिका १ भेडहियामा मलंगवाबाट भेडहिया तर्फ जाँदै गरेको बिआर ३० एच १८४८ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट मलंगवा तर्फ आउदै गरेको बिआर ३० एएच  २३८३ नम्बरको भारतिय मोटरसाईकल एक आपसमा ठोकिँदा दुई वटै मोटरसाईकलका चालक घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिआर ३० एच १८४८ नंम्बरको मोटरसाईकलका चालक सर्लाहीको मलंगवा नगरपालिका १ का अन्दाजी वर्ष २८ का रामनाथ भण्डारी र बिआर ३० एएच  २३८३ नम्बरको भारतिय मोटरसाईकलका चालक भारतको सितामढी सोनबर्षा थाना ग्राम पंचायत बिसनपुर ५ का अन्दाजी वर्ष ३३ का रंजित साह घाईते भएका हुन् ।दुई वटै भारतिय मोटरसाईकलका चालकहरुको मलंगावमा रहेको म्याक्स अस्पताल प्रा.लिमा उपचार भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।पछिल्लो समय सर्लाहीमा भएका अधिकांश दुर्घटनाहरुमा भारतिय नम्बरका सवारी साधनहरु संग्लग्न भएका पाइएको भएपनि सरोकारवाला निकाय बेखबर देखिएको छ ।

सम्बन्धित समाचार