राजर्षि जनक कपमा ध्रुवतारालाई हिमालयन शेर्पाले हरायाे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-३ गते   २५१८ पटक हेरिएको

सर्लाहीको बागमतीमा शुरु भएको छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताकाे पहिलाे खेलमा ध्रुवतारा स्मृति क्लब झापालाई हिमालयन शेर्पा क्लब काठमाडौंले १-० गाेल अन्तरले पराजित गरेकाे छ ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको आयोजनामा मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा ए डिभिजन लिग क्लब नेपाल आईस हिमालयन शेर्पा क्लब र माेफसल झापाकाे ध्रुबतारा स्पाेर्टिङ क्लब बीच भिडन्त हुँदा ध्रुबतारालाई हिमालयन शेर्पाले १-० गाेल अन्तरले पराजित गरेकाे आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयाे । उहाँका अनुसार मध्यान्तर अघि आधा दर्जन पटक झापाका खेलाडीले हिमालयनकाे गाेलपाेष्टमा सशक्त प्रहार गरेपनि हिमालयनका गाेलकिपर किशाेर गिरीले उत्कृष्ट बचाउ गरेका र मध्यान्तर अघि कुनै पनि गाेल नभएको हाे ।
चैत १३ गते सम्म चल्ने प्रतियाेगितामा १ विदेशी टिम सहित १२ वटा टिमकाे सहभागीता रहेकाे छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, धुव्रतारा स्पोटिङ क्लब झापा, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले रु १० लाख १ हजार र उपबिजेताले रु ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने आयाेजक क्लबका महासचिव सागर मैनालीले जानकारी दिनुभयाे । बिहिबार नेपाल पुलिस  क्लब र नवजनजागृगी युवा क्लब विच खेल हुने छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech