सर्लाहीका विभिन्न नाकाबाट दैनिक रूपमा हुने अवैध भन्सार छलीको कारोवारमा प्रहरीको संग्लग्नता रहेको रहस्य बाहिरिएको छ।५१ किलो मिटर नेपाल भारत खुल्ला सीमाना रहेको सर्लाहीको नारायणपुर,पर्सा,सखुअवाका साथै त्रिभुवननगर, मलंगवा, खुटौना, भाँडसर,फेनहरा, छन्किटोला,गडहिया डुमरीया,मधुवनी र छतौनाको नाकाबाट हुने भन्सार छलीको कार्यलाई असई सन्तोष साहका साथै हबल्दार भाग्य नारायण साह,नुर होदा र प्रहरी जवान कृष्ण कलवारको साथ रहेको रहस्य बाहिरिएको हो ।
विभिन्न शिर्षकमा सादा पोशाकमा फिल्डमा खटिएका उनीहरुले यी नाकाबाट कपडा,किरानाका साथै फलफुल, मलखाद्य, चिनी, कवाड,कुखुराका चल्ला,विभिन्न किसिमका बिऊ बिजनका साथै मोवाईल र मोवाईल पार्टसका साथै स्याउ सुन्तला,सुपारी र मोटर पार्टसहरुको अवैध करोबार गर्ने व्यापारीहरुसंग चर्काे कमिसन असुलेका पाइएको छ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नाममा समेत उनीहरुले मासिक करिब २० लाख रकम कमिसन असुलेका रहस्य बाहिरिएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी थपलियाको घुमुवा हुँ भन्दै हबल्दार भाग्य नारायण साह,नुर होदा र प्रहरी जवान कृष्ण कलवारका साथै असई सन्तोष साहले धान गहुँ तथा कवाडको काम गर्ने कृष्ण यादवसंग एक लाख कपडाको काम गर्ने विजय/पुकारसंग एक लाख ५० हजार,फुलको काम गर्ने सन्तोष भण्डारीसंग ८० हजार,मोवाईल र मोवाईल पार्टसका साथै स्याउ,सुन्तला र सुपारीको काम गर्ने धर्मेन्द्र महतोसंग दुई लाख ५० हजार,किराना तथा कपडा र स्याउका साथै हुण्डी कारोबार गर्ने सन्तोष साहसंग दुई लाख ५० हजार,कुखुराका चल्लाको कारोबार गर्ने दिपक चौधरी कलवारसंग ६० हजार,कवाडको काम गर्ने विजय यादवसंग एक लाख २० हजार,कवडा कै काम गर्ने नविन चौधरीसंग दुई लाख,बिऊ विजन तथा स्याउ र कुखुराका चल्लाको कारोवार गर्ने राजेश ठाकुरसंग तीन लाख,नेपाली विभिन्न सामानहरुको कारोवार गर्ने सरोज यादवसंग दुई लाख ५० हजार,कपडाको कारोबार गर्ने राजेश यादवसंग ६० हजार,कपडाको कारोबार गर्ने राजिव यादवसंग ५० हजार र मलखाद्य तथा चिनीको काम गर्ने दिनेश महत्तोसंग एक लाख मासिक कमिसन लिए पछि प्रहरी कै संरक्षणमा सर्लाहीमा तस्करी मौलाएको रहस्य बाहिरिएको हो ।
यीनै प्रहरी कर्मचारीहरुको साथ पाएपछि सर्लाहीका विभिन्न नाकाहरुबाट कपडा,चाइनिज लाइटर,लसुन,ब्याट्री,किरानाका सामानहरु, मदिरा,हार्डवेयरका सामानका साथै बालुवा–गिट्टी,काजु लगायत दर्जनौँ वस्तुहरू निर्वाध रूपमा भन्सार छलेर ओसार पसार भई रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार भाइलोक देखि सेराजुल मिकरानी,जितेन्द्र यादव र कृष्ण यादव,विजय दास तत्मा,पुकार ठाकुर,सरोज साह सोनार,हुसेनी,शेखर,विजय साह कलवार,सोभा म्याडम,सुजित यादव,तिन बहिनी,बुधु यादवका साथै रामइश्वरले सर्लाहीका सीमा नाकाहरुमा व्यापक तस्करी गर्ने गरेका र उनीहरुबाट सादा पोशाकमा खटिएका ती प्रहरी कर्मचारीहरुले चर्काे रकम कमिसन असुल्ने गरेका एक व्यापारीले नै बताए।प्रहरी संगठनको आचरण विपरित सादा पोशाकमा प्रहरी कर्मचारी खटाएर कमिसन असुली भई रहेको भएपनि सो सम्बन्धमा प्रहरी प्रधान कार्यालय बेखबर देखिएको छ ।