Close This

नेपालमा २ जना कोरोना संक्रमिण थपिए, संक्रमितको संख्या ५९

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१९ गते   ३०९ पटक हेरिएको

कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

रुपेन्देहीका युवाको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पठाइएको अस्पतालले जानकारी दिएको छ ।त्यस्तै हालसम्म कोरोना संक्रमणपछि १६ जना निको भएर घर फर्किइसकेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech