नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।भारत–पाकिस्तानवीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो।गृह मन्त्रालयको निर्देशन अनुसार ५१ किलो मिटर खुल्ला सिमाना रहेको सर्लाहीका सिमा क्षेत्रमा शसस्त्र प्रहरी बल नेपाल र भारत तर्फको सिमा सुरक्षा बलले संयुक्त रुपमा सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता आपनाएका शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एपम शसस्त्र प्रहरी उपरिक्षक देव बहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार सिंहदवारमा गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि भएको निर्देशन अनुसार सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको हो ।गृहमन्त्री लेखकले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए।भारत–पाकिस्तान वीचको तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए ।
सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन गृह मन्त्री लेखकको निर्देशन आएपछिसोही अनुसार जिल्ला स्तरिय सुरक्षा समितिको बैठक बसेर उच्च सुरक्षा सतर्कता आपनाईएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालको सुरक्षा रणनीतिका विषयमा पनि सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।