पेट्रोलियम पदार्थको मुल्य बृद्धि

एसपि गौरव    प्रकाशित: २०८०-५-२९ गते   ६२२ पटक हेरिएको

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गर्ने निर्णय गरेको हो ।
मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर रु १८३ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु १७३ पुगेको छ ।बढेको मूल्य शुक्रबार राती १ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल प्रति लिटर रु ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ मुल्य बढाएको थियो ।
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक रुपैँया १२ पैसा र डिजेल प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech