कमलामाई नगरपालिकाद्धारा सबै प्रकारका भक्ता बैकबाट वितरण गर्ने तयारी

2.4k Shares

सिन्धुलीको कमलामाई नगरपालिकाले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०७७।०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्नका लागि नगरपालिकाले बुधवार जिल्लाका बैंकहरुसँग सम्झौता गरेको छ ।

नगरपालिकाको १४ वटा  वडाका सबै खाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुलाई बैंकबाट भत्ता वितरण गर्न बैंकहरुसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । जेष्ठ नागरिक बृद्ध भत्ता, बिधुवा भत्ता, एकल महिलाले पाउने भत्ता,  लोपोन्मुख आदीवासी जनजादी भत्ता, दलित बालबालिका भत्ता, पुर्ण अपांङग, आंसिक अपाङग भत्ता लिदै आएका लाभग्राहीहरुलाई अव बैंक मार्फत सिधै उनीहरुकै खातामा रकम जम्मा हुने कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग अत्रलिे जानकारी दिनु भयो ।

नगरपालिकाले वडा अनुसार भत्ता पाउने व्यक्तिहरुको छुट्टाछुटै बैंकमा खाता खोल्ने व्यवस्था मिलाएको छ । जस अन्र्तगत वडा न.ं१ र ६ का लाभग्राहीले ज्योती विकास बैंकमा, वडा नं.२ का लाभग्राहीले प्रभु बैंकमा, वडा नं.३ का लाभग्राहीले मुक्तीनाथ विकास बैंकमा, वडा नं.४ का लाभग्राहीले मेगा बैंकमा खाता खोल्नु पाउने व्यवस्था मिलाएको नगर प्रमुख खत्रीले  बताउनुभयो ।

त्यस्तै वडा नं. ५ का लाभग्राहीले राष्ट्रिय बाणिज्य बैंकमा, वडा नं.७ का लाभग्राहीले लक्ष्मी विकास बैंकमा, वडा नं. ८ का लाभग्राहीले सिद्धार्थ बैंकमा, वडा नं.९ र १० का लाभग्राहीले मेगा बैंक भिमान शाखामा, वडा नं.११ का लाभग्राहीले ग्लोबल आईएमई बैंकमा, वडा नं. १२ का लाभग्राहीले कृषि विकास बैंकमा र वडा नं. १३ र १४ का लाभग्राहीले राष्ट्रिय बाणिज्य बैंक भिमान शाखामा खाता खोल्नुपर्ने कमलामाई नगरपालिकाका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भत्ता लिने लाभगा्ही्र्रले नगरपालिले तोकेको बैंकमा गएर खाता खोल्नुपर्ने छ । बैंक सम्म आउन नसक्ने व्यक्तिहरुको हकमा भने वडा कार्यालयसँगको समन्वयमा बैंक आफैले सम्बन्धित व्यक्तिको खाता खोल्दिनु पर्ने सहमती भएको उहाँले बताउनुभयो ।

उहाका अनुसार नगरपालिकाले करिव ९ हजार ५ सय जनालाई बार्षिक २१ करोड रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । नेपाल सरकारले सबै प्रकारका भत्ताहरु बैंकिङ प्रणालीबाट वितरण गर्ने निति बनाए अनुसार नै नगरपालिकाले पनि बैंक मार्फत भत्ता वितरण गर्ने योजना बनाएको नगर प्रमुख खत्रीले बताउनु भयो ।

सम्बन्धित समाचार