सर्लाहीको गाेडैता ८ बाट नक्कली नाेट सहित एक पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१ गते   २७३१ पटक हेरिएको

सर्लाहीकाे गाेडैता नगरपालिका ८ बाट  नक्कली नोट सहित भारतीय युवकलाई प्रहरीलाई  नियन्त्रणमा लिएको छ। जिल्लाको गोडैता नगरपालिका ८ स्थित गोडैता बजारबाट नक्कली नाेट नेपाली १ हजारको ४ थान नोट सहित भारतकाे सितामढी रनौली १० का २२ वर्षीय सरोज कुमार बैठालाई आइतबार दिउँसो  पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविन पाेख्रेलले जानकारी दिनुभयाे । 
उहाँका अनुसार गाेडैता नगरपालिका ५ रामबन घर भई पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किनमेल गर्ने क्रममा नक्कली जस्तो देखिने नेपाली १ हजारको नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौडेताबाट खटिएको प्रहरी टाेलीले बैठालाई नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले बैठाको साथबाट सक्कली जस्तो देखिने नेपाली ५ सयको नोट १ थान, १ सयको नोट २ थान, र ५० को नोट १ थान समेत बरामद् गरेको जनाएको छ । साे विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेकाे जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech