सर्लाहीको लालबन्दी नगरपालिका १० मा २६ जना महिलालाई पशुपालन सम्वन्धी तालिम प्रदान गरिएको छ।लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका १० चन्द्रपुरका २६ जना महिलालाई पशुपालन सम्वन्धी एक हप्ते तालिम प्रदान गरिएको छ ।
लालबन्दी नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शाखाले महिलाहरुलाई पशुपालन तालिम प्रदान गरिएको वरिष्ठ उद्यमविकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए ।उनका अनुसार तालिमको लालबन्दी नगरपालिका १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलको प्रमुख आतिथ्यतामामा तालिम समापन गरिएको हो ।
सात दिनसम्मको तालिमपछि पशुपालनको सम्वन्धमा धेरै कुरा थाहा पाइएको तालिममा सहभागीहरुले बताएका छन् ।तालिममा सिकेको सीप व्यवहारमा लागु गरी पशुपालनमार्फत आयआर्जन वृद्धि गर्ने काममा लाग्न कार्यक्रमका प्रमुख अतिथि एवम लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले महिलाहरुलाई आग्रह गरे।
महिलाहरुलाई लालबन्दी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख एवम पशु चिकित्सक डा. विमल श्रेष्ठले ७ दिनसम्म तालिम प्रदान गरेका थिए ।