राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को “हामी आउँदै छौँ”अभियान लिएर सर्लाही आएका तीनै जना प्रतिनिधि सभा सदस्यहरुले सर्लाहीका २० वटै पालिकामा पुगेर कार्यक्रम संचालन गरेका छन् ।केन्द्रीय कार्यालयले चलाइरहेको “हामी आउँदै छौँ”अभियान सर्लाहीका २० वटा पालिकामामा दुई दिन सञ्चालन भएको थियो ।
रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु राज किशोर महतो,अरविन्द साह र शम्भु कुमार यादव “हामी आउँदै छौँ”अभियान लिएर सर्लाही आएका थिए।उनीहरु तीनै जना भएर बुधबार जिल्लाको लालबन्दी,ईश्वरपुर, चन्द्रनगर,हरिपुर्वा,पर्सा,ब्रम्हपुरी र मलंगवा लगायतका सात वटा पालिकामा पुगेका थिए भने बिहीबार तीन जना सांसद बाँडिएर बाँकी १३ वटा पालिकामा पुगेका रास्वपा सर्लाहीका सभापति सरोज बाँनियाँले जानकारी दिए ।
उनका अनुसार सांसद यादवले हरिपुर,कविलासी,कौडेना र विष्णु,सांसद महतोले गोडैता, धनकौल,रामनगर र बलरा तथा सांसद साहले चक्रघट्टा,बसबरिया,बरहथवा र बागमतीमा पुगेर “हामी आउँदै छौँ”अभियान सफल पारेका हुन ।बिहीबार साँझ हरिवनमा भएको कार्यक्रममा तीनै जना सांसद सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को“हामी आउँदै छौँ”अभियान अन्र्तगत सर्लाहीको कार्यक्रम सम्पन्न गरेका हरिवन नगर सभापति संजीव मोत्तानले बताए ।
आगामी स्थानीय तहको निर्वाचन लक्षित गरि संगठन विस्तार र नागरिकको गुनासो सुन्ने उद्देश्यले सर्लाहीसहित देशभर एकैसाथ रास्वपाले “हामी आउँदै छौँ”अभियान सुरु गरेको थियो ।भियानका लागि खटिएका सांसदहरुले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले संचालन गरेको “क्यान्डिडेट क्लब”मार्फत उम्मेदवार छनौट तथा तयारी प्रक्रियाबारे प्रष्ट पार्ने काम समेत गरेका रास्वपा स्रोतले जनाएको छ ।