कमलामाईका नगर प्रमुख पोखरेल र प्रशासकीय अधिकृत भट्टराईबीचको विवाद सतहमा

322 Shares

सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत विचको विवाद सत्तहमा देखिएको छ।नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईबीचको विवाद सतहमा देखिएको हो ।एक महिना भन्दा बढी समय बिदा बसेर  बिहीबार कार्यालयमा फर्किएका प्रमुख प्रशासकीय अधिकृत भट्टराई विचको विवाद सत्तहमा देखिएको हो।
बिहीबार नगरकार्यपालिकाको बैठक बोलाइएको र बैठक सुरु हुनुअघि नै प्रमुख प्रशासकीय अधिकृत भट्टराई कार्यालय आई सकेका भएपनि नगर प्रमुख पोखरेल बैठकस्थलबाट बाहिरिएर बैठक दिउँसोका लागि सारेपछि प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आफू कार्यालयमा नियमित रूपमा उपस्थित भएको र कार्यपालिका बैठकमा समेत सहभागी हुन तयार रहेको भएपनि नगर प्रमुख पोखरेलले अनावश्यक रूपमा तनाव सिर्जना गरेको आरोप लगाए ।प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अझै बिदा अन्त्य नगरेका कारण आधिकारिक रूपमा काममा फर्किएको मान्यता दिन नसकिने नगर प्रमुख पोखरेलले बताए।उनले प्रमुख प्रशासकीय अधिकृत भट्टराई कार्यालयमा हाजिर नभएको र कार्यालयको काम प्रभावित भएको दाबी गरे 
।करारका कर्मचारी कटौती,नयाँ नियुक्ति प्रक्रिया,उपभोक्ता समितिको भुक्तानी तथा विकास योजनाको प्राथमिकतामा मतभेद जस्ता विषयमा नगर प्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत भट्टराई बीच लामो समयदेखि विवाद हुंदै आएको नगरपालिका स्रोतले जनाएको छ । स्रोतका अनुसार करारका केही कर्मचारी हटाउने र नयाँ नियुक्ति गर्ने क्रममा नगर प्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत भट्टराईबीच विवाद सृजना भएकोे थियो।त्यसक्रममा नगर प्रमुख पोखरेलले प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई अमर्यादित भाषा प्रयोग गरेपछि सुरक्षाको कारण देखाउँदै प्रमुख प्रशासकीय अधिकृत भट्टराई बिदामा बसेको श्रोतले जनाएको छ ।
नगर प्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत भट्टराई बीचको असमझदारीले नगरपालिकाको नियमित काम काज प्रभावित हुनुका साथै उपभोक्ता समिति र योजनाका भुक्तानी रोकिनु,बजेट कार्यान्वयन मा ढिलाइ हुनु तथा कर्मचारीहरू बीच पनि द्विविधा बढ्ने एक कर्मचारीले बताए।बिहीबार स्थगित गरिएको नगर कार्यपालिकाको बैठक शुक्रबार बस्ने नगरपालिका स्रोतले जनाएको छ।प्रशासनिक तटस्थता र राजनीतिक निर्णय बीचको सीमारेखा कमलामाईमा मात्र नभई धेरै स्थानीय तहमा देखिने गरेको जानकार बताउँछन् ।

सम्बन्धित समाचार